तीज पर्वको पूर्व सन्ध्यामा देउखुरीको सिसहनियाँ बजार सरसफाई



तीज पर्वको पूर्व सन्ध्यामा देउखुरीको सिसहनियाँ बजार सरसफाई

देउखुरी ९ भदौ । तीज पर्वको पूर्व सन्ध्यामा दाङ—देउखुरीको सिसहनियाँ बजार सरसफाई गरिएको छ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र समेत रहेको दाङ—देउखुरीको राप्ती गाउँपालिका—५ सिसहनियाँमा रहेको सिसहनियाँ उद्योग बाणिज्य संघले आज सोमबार बिहान प्रगतिनगर सिसहनियाँ बजार सरसफाई गरेको हो ।

संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीको अगुवाईमा सिसहनियाँ बजारको पूर्ण रुपमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा संघका पदाधिकारी, कार्य समिती सदस्यहरु, सल्लाहकारहरु, नेपाल प्रहरी, जीवन दृस्टी पुर्नस्थापना केन्द्रका गरी सयौँको सहभागिता रहेको थियो । तीजमा प्रत्येक बर्ष सिसहनियाँ बजारमा नाचगान हुँदै आएको छ । तीजको नाचगानमा सहभागी हुन सिसहनियाँ आउने महिलाहरु संगै अन्य नागरिकहरुलाई लक्षित गरी बजार सरसफाई गरिएको संघका अध्यक्ष अधिकारीले बताए ।

यसैबीच भोली भदौ १० गते मंगलबार सिसहनियाँ बजारमा हुने तीजको नाचगान कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यक्रमस्थल नयाँ पार्क अर्थात अटो पार्कमा टेन्ट लगाउने, कार्पेट बिछ्याउने, शुद्ध खानेपानी सहित ४ वटा मादल समेतको व्यवस्था गरिएको संघका अध्यक्ष अधिकारीले जानकारी दिए । साथै कार्यक्रम अवधिभर कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई संघले अनुरोध समेत गरेको छ । त्यस्तै कार्यक्रम अवधिभर संघका कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई समेत परिचालन गरिने बताइएको छ ।

सरसफाई कार्यक्रममा राप्ती गाउँपालिका—५, नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, सिसहनियाँ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष शान्तराज भण्डारी, संघ कै निवर्तमान अध्यक्ष पूर्णबहादुर बुढाथोकी, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, ईलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख रकमबहादुर खड्का, जीवन दृष्टी पुर्नस्थापना केन्द्र सिसहनियाँका प्रमुख भूमिराज नेपाल, संघका बरिष्ठ उपाध्यक्ष मदन पोख्रेल, उद्योग उपाध्यक्ष भागवत ज्ञवाली, महासचिव प्रशान्त बसेल, सचिव रामलाल पाण्डे, सदस्यहरु गोबिन्दबहादुर कँवर, तिर्थराज ज्ञवाली, ज्योतिकुमार चौधरी, नारायण चौधरी, शान्ता सुवेदी, सल्लाहकार हिमबहादुर रोकाय र प्रेस सल्लाहकार सन्तोषकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे