दाङकाे बेलझुण्डीमा बस दुर्घटना : ७ जना घाइते



दाङकाे बेलझुण्डीमा बस दुर्घटना : ७ जना घाइते

दाङ ३ भदाै । दाङकाे बेलझुण्डीमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस मंगलबार राती बेलझुण्डीमा दुर्घटनामा परेकाे हाे । तुलसीपुर–घोराही सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैस्थित पेट्रोल पम्प नजिक बस दुर्घटनामा परेकाे हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार बस अचानक अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिँदा दुर्घटना भएको हो । बसमा चालकसहित ८ जना सवार थिए । घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ बस्ने २२ वर्षीया रुपा बोहरा, घोराही–३ बस्ने २८ वर्षीया गीता बि.क., घोराही–९ बस्ने ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ बस्ने ४३ वर्षीय सन्तोष डि.सी. र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रबि बुढामगर रहेको प्रहरीले जनाएको छ । सबैलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बस विद्युतको पोलमा ठोक्किदा पोल ढलेपछि अवरुद्ध भएको सडक तत्काल लाइन काटेर मर्मतपछि सडक सञ्चालनमा आएको छ । दुर्घटनापछि चालक नारायण कुवर भने फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे