हनुमान मन्दिर मौरीघाटमा भजन तथा तीज गीत प्रतियोगता सम्पन्न : स्टार बाल क्लव प्रथम
भालुवाङ ३१ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको संकटमोचन हनुमान मन्दिरमा भजनकृतन तथा खुल्ला तीज गीत प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
संकटमोचन हनुमान मन्दिर व्यवस्थापन समितिको आयोजनामा श्रीकृष्ण जन्मअष्टमीका अवसरमा भजनकृतन सँगै तीज गीत प्रतियोगिता सम्पन्न भएको हो । १४ वटा समुहले भाग लिएको प्रतियोगितामा स्टार बाल क्लव मसुरिया प्रथम भएको छ । त्यस्तै प्रतियोगितामा गौरीमायाको समुह मसुरियाले द्धितीय, निशु जिसीको समुह मौरीघाट तृतीय र युरिसा कंवर सान्त्वना भएका छन् ।
बिजेता समुहहरुलाई पुरस्कार स्वरुप क्रमश नगद २ हजार, १ हजार र ५ सय रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगिताको निर्णायकमा लक्ष्मी मल्ल, निर्मला थारु र माधव न्यौपाने रहेका थिए । कार्यक्रम संयोजक डम्बर बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इच्छा केसीले गरेकी थिइन् ।

