सिसहनियाँ उवासंघकाे ११ औ स्थापना दिवस : राप्ती आधारभूत अस्पताललाई औषधी सहयाेग
देउखुरी २५ साउन । दाङको देउखुरीमा रहेको सिसहनियाँ उद्योग बाणिज्य संघले आज आईतबार आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । वि.सं. २०७२ सालमा विधिवत दर्ता भई स्थापना भएको संघले आफ्नो ११ औं स्थापना दिवस मनाएको हो । राप्ती गाउँपालिका–५, सिसहनियाँमा प्रधान कार्यालय रहेको संघले स्थापना भएको दिन आज सोही वडामा रहेको राप्ती आधारभूत अस्पताललाई करिब १ लाख बराबरका औषधी प्रदान गरिएको छ । संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले अस्पतालका मेसु डा. सर्वण चौधरीलाई ७८ प्रकारका विभिन्न औषधी प्रदान गरेका हुन् । त्यस्तै संघले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल बितरण समेत गरेको छ ।

संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले अस्पताल सञ्चालन भएको छोटो समयमा १९ हजार बढीले स्वास्थ्य सेवा लिएको बताए । उनले राज्यले संविधानमा निशुल्क आधाभूत स्वास्थ्य सेवा सुनिश्चित गरिएको भएपनि ब्यबहारमा त्यस्तो हुन नसक्नु दुखद बिषय भएको बताए । अध्यक्ष बिष्टले राज्यको नजरमा स्वास्थ्य प्राथमिकतामा नपर्दा नागरिकले पाउनुपर्ने निशुल्क औषधी उपलब्ध गराउन नसकेको बताए । उनले उद्योग बाणिज्य संघले आफ्नो स्थापना दिवसमा अस्पताललाई औषधी उपलब्ध गराएर अत्यन्तै पूण्यको काम गरेको बताए ।

संघका बरिष्ठ उपाध्यक्ष मदन पोख्रेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका–५, नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, राप्ती आधाभूत अस्पतालका मेसु सर्वण चौधरी, संघका संस्थापक अध्यक्ष शान्तराज भण्डारी, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई व्यवस्थापन संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशमबहादुर खड्का र बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव रामलाल पाण्डेले गरेका थिए ।



