देउखुरी स्थित राप्ती नदीमा एक वृद्धको शव फेला



देउखुरी स्थित राप्ती नदीमा एक वृद्धको शव फेला

लमही १८ साउन । दाङकाे देउखुरी स्थित राप्ती नदीमा एक वृद्धको शव फेला फेला परेको छ । आइतवार बिहान करिब ११ बजेकाे समयमा लमही नगरपालिका –९ हात्तिखाल नजिक राप्ती नदीमा वृद्धको शव फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिएका छन् । मृतक वृद्ध गढवा गाउँपालिका –३ गोबरडिहाका ७३/७४ वर्षीय पुरण चौधरी रहेको प्रहरी निरीक्षक धमलाले बताए ।

मृतक चौधरी गत साउन १४ गते श्रीमती सहित वृद्ध भत्ता बुझ्न गढवा गएका थिए । भत्ता बुझिसकेपछि उनी गढवा गाउँपालिका –५ स्थित छोरीको घरमा पुगेका थिए। त्यहाँ पुगेपछि ‘म त घर गैहाल्छु’ भनेर निस्किएका चौधरी त्यसपछि सम्पर्कविहीन भएको आफन्तले बताएका छन् ।मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे