लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको १ वर्षे उपलब्धि सार्वजनिक
भालुवाङ १८ साउन । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले १ वर्षे उपलब्धि आइतबार आफ्नै मन्त्रालय राप्ती उपत्यका देउखुरीमा सार्वजनिक गरेको छ ।
स्वास्थ्यमन्त्री खेम बहादुर सारुको पदबहाली भएको एक वर्षमा सम्पादित कार्य तथा मुख्य उपलब्धी तथा पत्रकार भेटघाट गरेको हो ।मन्त्री सारुले २०८१ साउन १८ गते स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछी प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा आधारित रहेर सम्पादन गरिने बार्षिक नीति तथा कार्यक्रम र बजेटको साथै १५ बुँदे लमही घोषणा पत्र एवं ५५ बुँदे कार्यक्रमलाई मार्गदर्शनको रुपमा सार्वजनिक गरिएको थियो । बार्षिक नीति तथा कार्यक्रम, घोषणा पत्र एवं कार्यक्रमले परि लक्षित गरे अनुरुप पदभार ग्रहणको यो एक वर्षमा सम्पादित कार्य तथा मुख्य उपलब्धीहरु सार्वजनिक गरेको हो । ती १ वर्षे उपलब्धि मध्ये आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य मन्त्रालयको ८६.५१% वित्तिय प्रगतिलाई सर्वोत्कृष्ट उपलब्धिको रूपमा लिएको मन्त्री सारूले बताउनु भयो । त्यस्तै मन्त्री सारूले १ हजार २ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन शिलान्यास भई हाल २७ प्रतिशत भौतिक प्रगति गरेको बताउनु भयो ।
प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा अन्तरगत क्यान्सर, मुटुको भल्व फेर्ने र मृर्गौला प्रत्यारोपण उपचारको सिफारिस स्वास्थ्य निर्देशनालय, भालुवाङको सट्टा जिल्ला स्थित स्वास्थ्य कार्यालय मार्फत गर्ने व्यवस्था, पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना मन्त्रीपरिषदबाट पारित गरि कार्यान्वयन भईरहेको मन्त्री सारूले बताउनु भयो । ९ वटा विभिन्न नियमावली, निर्देशिका र कार्यविधि स्विकृती तथा परिमार्जन, कार्यालयहरुमा सुशासन कायम गर्न स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुका ४१ वटा सवारी साधनमा जिपिएस ट्रयाकिङ्ग गर्ने व्यवस्था, १३ स्थानीय तहमा २६ रोभिङ्ग नर्स नियूक्त गरि मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यूदर न्यूनिकरण सम्बन्धी सेवा तथा परामर्श सञ्चालन गरेको मन्त्री सारूले बताउनु भयो । त्यस्तै मन्त्री सारूले प्रदेश सरकार अन्तर्गतका सबै अस्पतालहरुमा ५४ प्रकारका सेवा र शुल्कमा एकरुपता कायम गरिएको साथै सबै अस्पतालहरुले प्रदान गर्ने सेवा नागरिक वडापत्र र वेबसाईटमा सार्वजनिक गर्ने व्यवस्था गरिएको, सरकारी चिकित्सक र स्वास्थ्यकर्मीले नीजि संस्थामा सरकारी कार्यालय समय बाहेक अनुमती लिएर मात्र सेवा गर्न र कार्यरत सरकारी संस्थाको नाम र पद प्रयोग गर्न बन्देज गरिएको बताउनु भयो ।
प्यूठान जिल्लामा स्वास्थ्य शिविर मार्फत ७६ जना महिलाको पाठेघरको (आङ खस्ने) निशुल्क शल्यक्रिया, ५० शैयाको भालुवाङ अस्पतालमा कर्मचारी नियूक्ति र सेवा सुभारम्भ, ४ वटा स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न भएको, ७ वटा निर्माणधिन अवस्थामा रहेको,स्वास्थ्य बिमाको औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुरुप मन्त्रालय मातहतका २,०६४ कर्मचारी स्वास्थ्य बीमामा आवद्ध गरिएको मन्त्री सारूले बताउनु भयो । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र ३० स्थानीय तह पुर्ण संस्थागत प्रसुति सेवायूक्त पालिका घोषणा गरिएको, ३ हजार ८ सय ५१ बिरामीलाई विशेष आर्थिक सुविधा उपलब्ध गराएको, १ लाख ४ हजार ४ सय ८९ जनाको नसर्ने रोग स्कृिनिङ्ग, ३९ हजार १ सय ७५ जना ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रवाह गरेको, ९ जिल्लामा मृगौला डाईलाईसिस सेवा सञ्चालन तथा सेवा सुदृढिकरण, ६९ हजार २ सय ४३ जना गर्भवती महिलालाई संस्थागत प्रसूति सेवा उपलब्ध गराएको मन्त्री सारूले बताउनु भयो ।
त्यस्तै मन्त्री सारूले लुम्बिनी प्रादेशिक अस्पतालमा १० वटा काउण्टरबाट अनलाईन टिकेटिङ्ग, डिजिटल भूक्तानी, अटोमेटिक रिपोर्ट डिस्प्याच सेवा, BREAST क्लिनिक सेवा, ९० शैयाको मेडिकल वार्ड विस्तार, ब्लड बैंक, प्रसूति सेवाको क्षमतामा ३३% थप, एम.आर.आई खरीद, विविध प्रकारका सेवा विस्तार गरेको, ३ जिल्लामा फेमिली हेल्थ प्रोफाईल तयार गरिएको र आगामी आवमा ४ वटा जिल्लामा विस्तार गरिने, इलेक्ट्रोनिक्स मेडिकल रेकडिङ इ.एम. आर डिजिटल हेल्थ गुल्मी अस्पतालमा लागु गरिएको मन्त्री सारूले बताउनु भयो । त्यस्तै मन्त्रालयमा GIOMS सिस्टम मार्फत सेवा प्रवाह, महिला बालबालिका तथा किशोरीको स्वास्थ्य र पोषण सुधार कार्यकम सबै जिल्लामा लागू गरिएको, स्विकृत दरबन्दीका रिक्त रहेका प्राविधिक जनशक्ति करार सेवामा लिई सेवा विस्तार गरिएको, प्रादेशिक एम्बुलेन्स प्रेषण केन्द्र १ सय २ सेवा सञ्चालन गरिएको, आयुर्वेद चिकित्सालय बिजौरीबाट स्वर्ण विन्दु प्राशन सेवा प्रदान तथा SOP तयार गरि प्रदेशका सबै जिल्लामा विस्तार गरिएको र अस्पतालजन्य औजार उपकरणको सप्टवयेर सञ्चालन गरिएको मन्त्री सारूले बताउनु भयो । स्वास्थ्य मन्त्री दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षता एवम् स्वास्थ्य मन्त्री खेमबहादुर सारूको अभिभाकत्वमा भएको कार्यक्रमको सञ्चालन अस्पताल नर्सिङ प्रशाशक ईश्वरी केसीले गर्नु भएको थियो ।
