जानकी तारमी मगरको तीज गीत ‘धैया धैया’ सार्वजनिक



जानकी तारमी मगरको तीज गीत ‘धैया धैया’ सार्वजनिक

दाङ ११ साउन । जानकी तारमी मगरको तीज गीत ‘धैया धैया’ सार्वजनिक भएको छ । ‘जानकी तारमी मगर’ युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायिका जानकी तारमी मगरको स्वर रहेको छ ।

गीतको शब्द रचना र संगीत समेत गायिका जानकी स्ययंले गरेकी हुन् । गीतमा कोरस भोकल प्रिती आले र किरण श्रीपालको रहेको छ । एचबिएन किस्मतले गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

जेरी भण्डारीको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा अन्जली अधिकारी छमछमी नाचेकी छिन् । भिडियोमा गायिका जानकीलाई समेत देख्न सकिन्छ भने भगवान थापा अतिथी कलाकारको रुपमा प्रस्तुत भएका छन् । दुर्गा पौडेलको टिमले छायांकन गरेको भिडियोलाई नविन घर्ति मगरले कलरिङ गरेका हुन् ।

हेर्नुस् पूरा भिडियो 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे