चर्को गर्मी पछि परेको पानीले दाङमा शितलता, किसानहरूलाई राहत
भालुवाङ ९ साउन । दुई दिनको चर्को गर्मी पछि शुक्रबार परेको पानीले दाङमा शितलता महसुस गरिएको छ । पानी परे सँगै किसानहरूलाई समेत केही राहत मिलेको छ । विशेष गरि सिचाई सुविधा नभएको ठाउँमा रोपिएको धानबाली सुक्न थाले पछि आज परेको पानीले केही राहत मिलेको किसानहरूको भनाई छ । सुक्दै गएको धान तथा तरकारी बाली पानी परेपछि सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
दाङका केही स्थानमा धान खेतमा धाँजा फाटेर चिरा परेको तथा रोपाइँको कार्य जारी रहेकाले सबै भन्दा बढी किसानलाई राहत भएपछि उनीहरू खुसी भएका हुन्। शुक्रबार दिउँसो झमझम परेको पानीले धान तथा तरकारी बालीमा राहत महसुस गरिएको किसानहरूको भनाई छ । अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम तथा हल्का पानी परिरहेको छ।
प्रतिक्रिया दिनुहोस्

