सिसहनियाँको कर शिविरमा आज १ सय ३७ वटा व्यवसायी नविकरण र ७ वटा नयाँ व्यवसाय दर्ता



सिसहनियाँको कर शिविरमा आज १ सय ३७ वटा व्यवसायी नविकरण र ७ वटा नयाँ व्यवसाय दर्ता

देउखुरी ५ साउन । दाङ–देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघले शुरू गरेको कर शिविर आज दोस्रो पनि जारी रहेको छ । संघमा दर्ता भएका उद्योगी तथा व्यापारीहरुलाई कर तिर्न सहज होस् भन्दै संघले आफ्नै कार्यालयमा दोस्रो दिन पनि कर शिविर जारी राखेको हो ।

आर्थिक बर्ष २०८१/०८२ को कर बुझाउन, संघको सदस्यता नबिकरण गर्ने र नयाँ व्यवसाय दर्ता गर्ने सम्मको काम एकै थलोमा गर्ने गरी कर शिविर सञ्चालन गरिएको संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।

सिसहनियाँ उद्योग बाणिज्य संघको अगुवाईमा शुरु भएको कर शिविरमा आन्तरिक राजश्व कार्यालय तुलसीपुर र राप्ती गाउँपालिकाको व्यवसाय नबिकरण गर्ने गरी शिबिर शुरु गरिएको संघका अध्यक्ष अधिकारीले बताए ।

शिविरमा संघको सदस्यता नबिकरण, नयाँ व्यवसाय दर्ता गर्ने, आन्तरिक राजश्व कार्यालयको कर नबिकरण गर्ने बताईएको छ । त्यस्तै शिविरमा राप्ती गाउँपालिकामा दर्ता भएका व्यवसाय नबिकरण गर्ने र नयाँ व्यवसाय दर्ता गर्ने सम्मको काम शिविरमा भइरहेको संघका बरिष्ठ उपाध्यक्ष मदन पोख्रेलले जानकारी दिए ।

आज सोमबार दोस्रो दिनको कर शिबिरमा उद्योग बाणिज्य संघ तर्फ १ सय ३७ वटा व्यवसाय नबिरकण र ७ वटा नयाँ व्यवसाय दर्ता भएको संघका कोषाध्यक्ष गिरबहादुर ज्ञवालीले जानकारी दिए । त्यस्तै आन्तरिक राजश्व कार्यालय तर्फ आय कर तर्फ १ सय २ वटा र अन्तर शुल्क तर्फ २१ जना व्यवसायले व्यवसाय कर तिरेको संघका कोषाध्यक्ष ज्ञवालीले बताए ।

त्यस्तै शिबिरमा राप्ती गाउँपालिका तर्फ १ सय १७ वटा नबिकरण र २ वटा नयाँ व्यवसाय दर्ता र १ वटा व्यवसाय बन्द गरिएको राप्ती गाउँपालिकाका सहायक पशुविकास अधिकृत तथा पालिकाको तर्फबाट शिबिर प्रमुख शेरबहादुर हमाल रिजालले जानकारी दिए । शिबिर साउनको ६ गते मंगलबार सम्म सञ्चालन हुने संघले जनाएको छ ।

साथै कर शिविरमा संघमा दर्ता भएका सम्पूर्ण उद्योगी, व्यापारीहरूलाई उक्त सेवा लिन संघले सबैमा अनुरोध समेत गरेको छ । साथै संघ र सरकारलाई कर तिरेर असल नागरिकको परिचय दिन समेत अनुरोध गरिएको छ ।

दोस्रो दिनको कर शिविरमा राप्ती गाउँपालिकाका सहायक पशुविकास अधिकृत तथा पालिकाको तर्फबाट शिबिर प्रमुख शेरबहादुर हमाल रिजाल, अ.स.ई. सबइन्जिनियर बिमला भट्टराई, सहायक कप्युटर अपरेटर सुनिता बस्नेत र कार्यालय सहयोगी झबिलाल सुवेदी रहेका थिए ।

त्यस्तै शिबिरमा संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी सहित बरिष्ठ उपाध्यक्ष मदन पोख्रेल, उद्योग उपाध्यक्ष कोषध्यक्ष गिरबहादुर ज्ञवाली, सचिव रामलाल पाण्डे, सदस्यहरु जीवन अधिकारी, ज्योतिकुमार चौधरी, बसन्ता जिसी, निमराज चौधरी र कार्यालय सचिव पुष्कर पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे