सिसहनियाँ– महदेवा जाेड्ने राप्ती पुलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु



सिसहनियाँ– महदेवा जाेड्ने राप्ती पुलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

भालुवाङ २ साउन। दाङकाे देउखुरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ।

शुक्रबार साँझ करिब ७ बजेकाे समयमा महदेवा देखि सिसहनियाँ तर्फ जाँदै गरेकाे रा २ प ६२६१ नम्बरको मोटरसाइकल  राप्ती पुलको रेलिङमा अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएकाे हाे । दुर्घटनामा परेर मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनकाे ज्यान गएकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पुनको लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए । मृतक पुनको टाउकोमा गम्भीर चोट लागेको थियाे । मृतककाे शवलाई परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे