देउखुरीकाे सिसहनियाँ उबासंघले साउन ४ गतेबाट कर शिबिर सञ्चालन गर्दै



देउखुरीकाे सिसहनियाँ उबासंघले साउन ४ गतेबाट कर शिबिर सञ्चालन गर्दै

देउखुरी ३१ असार । दाङ-देउखुरीकाे सिसहनियाँ उद्योग बाणिज्य संघले कर शिविर सञ्चालन गर्ने भएकाे छ । संघमा दर्ता भएका उद्योगी तथा व्यापारीहरूलाई कर तिर्न सहज हाेस् भन्दै संघले साउन ४, ५ र ६ गते कर शिविर सञ्चालन गर्न लागेकाे हाे ।

आर्थिक बर्ष २०८१/०८२ काे कर बुझाउन, संघकाे सदस्यता नबिकरण गर्ने र नयाँ व्यवसाय दर्ता गर्ने सम्मकाे काम एकै थलाेमा गर्ने गरि कर शिविर सञ्चालन गर्न लागेकाे संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीले जानकारी दिए । सिसहनियाँ उद्योग बाणिज्य संघकाे अगुवाईमा शुरू हुन लागेकाे कर शिविरमा आन्तरिक राजश्व कार्यालय तुलसीपुर र राप्ती गाउँपालिकाकाे राजश्व शाखाका कर्मचारीहरूकाे उपस्थिति रहने संघका अध्यक्ष अधिकारीले बताए ।

शिविरमा संघकाे सदस्यता नबिकरण, नयाँ व्यवसाय दर्ता गर्ने, आन्तरिक राजश्व कार्यालयकाे कर नबिकरण गर्ने बताईएकाे छ । त्यस्तै शिविरमा राप्ती गाउँपालिकामा दर्ता भएका व्यवसाय नबिकरण गर्ने र नयाँ व्यवसाय दर्ता गर्ने सम्मकाे काम शिविरमा हुने संघले जनाएकाे छ ।

तीन दिन सम्म चल्ने शिविरमा संघमा दर्ता भएका सम्पूर्ण उद्योगी, व्यापारीहरूलाई उक्त सेवा लिन संघले सबैमा अनुराेध समेत गरेकाे छ । साथै संघ र सरकारलाई कर तिरेर असल नागरिककाे परिचय दिन समेत अनुराेध गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे