बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २ किशाेरकाे शब फेला
दाङ ३० असार । बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तुलसीपुरका दुबै जना बिद्यार्थीको शब फेला परेको छ ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका– ६ का १८ बर्षीय कुशल बुढामगर र तुलसीपुर– ७ का १७ बर्षीय बिधान केसीको शब बेलुकी ५ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए । बबई गाउँपालिका – ५ स्थित चर्चित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरु छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर दिउँसो साढे २ बजेतिर बेपत्ता भएको थिए । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शब खोजी गर्ने क्रममा फेला परेको हुँदा आफन्तलाई बोलाइएको बताए ।
आफन्त पुगेपछि दुबैको शब तुलसीपुर ल्याइने भएको छ । मृतक दुबै जना तुलसीपुरमा कलेजमा अध्यनरत छन् । उनीहरु साथीहरु संगै घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले बताएको छ । ६ जना साथीहरु झरना अवलोकनका लागि पुगेको प्रहरीले बताएको छ । त्यसक्रममा बिधान नुहाउन भनेर नदीका पसेपछि तीब्र बहाबले उनलाई बगाएको थियो । त्यसपछि साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए । तर, त्यसपछि कुशलपनि बेत्तपा भएका थिए ।

