सिंहदरवारको झ–झल्को दिदै लुम्बिनी प्रदेश, विकास र निकासको आशामा जनता
लुम्बिनी प्रदेश झट्ट नजिकबाट हेर्दा कसको मन लोभिदैन होला । वरिपरि चुरे पहाड, बिचमा झिमरुक, माडीको मिश्रणबाट बग्दै आएको राप्ती नदी त्यसको बिचमा र बस्ती सँगै बीचमा जोडिएको महेन्द्र राजमार्ग र सँगै रहेको मनै लोभाउने सिंहदरबारको झझल्को दिने ठुला–ठुला सुविधा सम्पन्न आलिसान महल गाउँगाउँमा सिंहदरबार भनेको यहि पो रहेछ । कि भन्ने हुन्छ जब त्यो गेट बाट बाहिर आउँछौ जनताका समस्या जस्ताको त्यस्तै भन्ने सुनिन्छ र कता कता सुन्ने गर्छौ प्रदेश त करको भार मात्र हो यो भन्दा स्थानीय सरकारनै विकासको लागि ठिक छ भनेर बेला बेला चर्चा पनि हुने गर्छ । देशमा संघीयता त आयो तर यसले प्रत्यक्ष रुपमा जनतालाई कति फाइदा दिएको छ भन्ने महत्वपूर्ण कुरा हो । सानो देश थोरै जनसंख्या तर नेता कर्मचारी खर्च धेरै भएकोले होला कर बढी भएको जनताले महसुस गरेका छन् ।
हाम्रो देश नेपालमा जब संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । तब देशमा तीन तहका सरकारहरू बन्यो संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार र त्यसैमा सात प्रदेश र ७ सय ३७ स्थानीय तहको निर्माण भयो । संघीयताले देशलाई कुन दिशा तिर लैजान्छ भन्ने कुरा अझै पनि परिक्षेण र सिकाई प्रक्रिया रहेको बुझनु सकिन्छ धेरै जनसंख्या भएका ठूलो ठूलो देशहरुले त्यहाँको विकास छिटो र छरितो विकास होस् भनेर विकासको मोडेल र ढाँचाको लागि देशलाई विभिन्न तहमा विभाजन गरेर विकास गर्ने गर्दछन् र संघियता लागू गरेको देखिन्छ तर हाम्रो देशमा थोरै जनसंख्या भए पनि यहि ढाँचा तय गरेर अघि बढेको छ । यसले जनतालाई के कस्तो प्रत्याभूति दियो अथवा दिन्छ भन्ने कुरा अहिले महत्वपूर्ण र मुख्य विषय बनेको छ ।
देश भरिबाट बिभाजन गरेर छुटाइएका सात प्रदेश मध्ये एउटा लुम्बिनी प्रदेश पनि पर्दछ । लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेश पश्चिमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश पर्दछ । १२ जिल्लाको केन्द्र बिन्दु र उद्गम स्थल पारेर विकास गर्नु सजिलो होस भनेर राप्ती गाउँपालिकाको ९ वटै वडा, गढवा गाउँपालिकाको १, २ र ३, सितगंगा नगरपालिकाको ८ र ९ वडा समेटेर लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी भनेर नामाकरण भयो । गौतम बुद्धको जन्म स्थान लुम्बिनी साथै त्यही नामले नामाकरण लुम्बिनी प्रदेश आफै धार्मिक तथा पर्यटकीय हिसाबले धेरै नै सम्भावना बोकेको छ ।
साबिक लालमटिया गाविस र अहिलेको राप्ती गाउँपालिकामा रहेको लुम्बिनी प्रदेश झट्ट नजिकबाट हेर्दा कसको मन लोभिदैन होला । वरिपरि चुरे पहाड, बिचमा झिमरुक, माडीको मिश्रणबाट बग्दै आएको राप्ती नदी त्यसको बिचमा र बस्ती सँगै बीचमा जोडिएको महेन्द्र राजमार्ग र सँगै रहेको मनै लोभाउने सिंहदरबारको झझल्को दिने ठुला–ठुला सुविधा सम्पन्न आलिसान महल गाउँगाउँमा सिंहदरबार भनेको यहि पो रहेछ ।
कि भन्ने हुन्छ जब त्यो गेट बाट बाहिर आउँछौ जनताका समस्या जस्ताको त्यस्तै भन्ने सुनिन्छ र कता कता सुन्ने गर्छौ प्रदेश त करको भार मात्र हो यो भन्दा स्थानीय सरकारनै विकासको लागि ठिक छ भनेर बेला बेला चर्चा पनि हुने गर्छ । देशमा संघीयता त आयो तर यसले प्रत्यक्ष रुपमा जनतालाई कति फाइदा दिएको छ भन्ने महत्वपूर्ण कुरा हो । सानो देश थोरै जनसंख्या तर नेता कर्मचारी खर्च धेरै भएकोले होला कर बढी भएको जनताले महसुस गरेका छन् । यो खर्चलाई घटाउन सके र विकास तिर बढी दिन सकियो भने जनता कर तिर्न पछि परेको जस्तो लाग्दैन तर कर तिरे बाफत सेवा सुबिधा अपेक्षित हुनु स्वभाबिकै हो ।
१२ वटा जिल्लाहरु भएको लुम्बिनी प्रदेश प्राय जसो पहाडी जिल्ला पनि छन् जहाँ अझै पनि आधार भूत आवश्यकताहरु अझै पनि पुगेको छैन् र एउटा सामान्य उपचार र सामन्या शिक्षाको लागि पनि बञ्चित हुनु परेको छ । त्यसैले शिक्षा, स्वास्थ, बाटो र यातायात सुबिधा जस्ता आधारभूत आवश्यकतालाई पनि महत्वपूर्ण तवरले हेर्नूपर्ने देखिन्छ । हिडने बेला बाटो छैन् पढ्नुका लागि शिक्षा छैन् सामन्य उपचारमा हस्पिटल छैन् समयमा सम्बन्धित ठाउँ सम्म पुग्ने बाटो छैन् ।
युवाहरुलाई हौसला तथा रोजगार छैन् जनता पखला लाग्दा एउटा सिटामोला खान नपाएर अकालमै ज्यान गुमाउनु पर्छ भने यो आलीसानी महलले कुनै अर्थ राख्दैन् प्राण घातक रोग लागेकाहरुलाई र बृद्वा बुबा अपाङ्गहरुलाई निशुल्क उपचार गर्नुपर्छ पछिल्लो समय बढदो मंहगीका कारण गर्दा धेरै युवाहरु विदेश पलायन भएको अवस्था छ । खेतीयोग्य जमिन पुरै बाँझो छन् । त्यही जमिनबाट उत्पादन गर्नुका लागि युवाहरुलाई कृषिमा लाग्नु प्रोत्साहन हौसला प्रदान गर्नु पर्यो अनुदानको व्यवस्था पनि मिलाउनु यसले गर्दा स्वदेश मै रोजगार सँगै विकास पनि हुनेगर्छ । देउखुरीको काखमा रहेको लुम्बिनी प्रदेश कै जनताको आशा अनुसार विकास होला त धेरैको जिज्ञासा छ र हिज राजधानी भित्रिने बेला जुन एउटा हौसाला खुशी थियो त्यो निरासा हुँदै गएको पनि देखिन्छ ।
केही ब्यक्तिलाई सामान्य रुपमा लाभ हुनु त्यो कुरा ठुलो कुरा भएन र यसमा अझै ठुलो बाधक भनेको आपसमा खिचातानी भागबण्डाले पनि सबै ठाउमा लिनुपर्ने विकासको गति नलिएको बुझिन्छ । हिजो बिहान हिजो संघीयता सही छ भने वकालत गर्नेहरू पनि आज । यो गलत रहेछ भनेर ब्याख्या विश्लेषण गरेको सुनिन्छ । भने कसैले राजनिती यो गलत छ भन्ने थाहा हुँदाहुँदै पनि राजनीति एजेन्डा र आफ्नोे जितका रुपमा पनि लिएको पाइन्छ र यो गलत सहि आफैले एउटा रिजल्ट पनि दिने छ र जनताले बुझने छ ।
जनताले चाहे सेवा सुबिधा हो जुन कर तिरेर सहयो गरेका छन् आवश्यक भदा बढी खर्च गर्नु भन्दा खर्च घटाएर जनताको सेवा र विकासमा बजेट लैजानु सकियो भने त्यही नै जनताको हितमा रहने छ । कर, महङ्गी अनि भ्रष्टाचार बढाएर एक छाक खान र एकसरो लानुको लागि युवाहरुलाई प्रदेशमा जानू परेको छ । त्यसैले अब व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थ भन्दा माथि रहेर समग्र देशको विकास र निकासमा जोड दिउ ।
करको दायरा भन्दा पनि काम दायरा बढाउ र जनतालाई विकास निकास न्यायको प्रत्यभुती दिउ । जसरी प्रदेश सिँगारिएको त्यसरी जनताका गाउँ बस्ती सिँगारियोस् जनताको आलो घाउँमा मलहम लाग्ने गरियोस् यहि भयो भने नै जनताको हितमा काम हुने छ । होइन भने अब देशमा युवा नै रहने नै गाउँघर शहर बजार सुनेटा छाउने छ । बाँकी रहेका त्यो अलिसान महल मात्र रहने छन् यो विषयलाई गम्भीर भएर बुझ्नु र सचेत रहन जरुरी छ । यसैमानै जनताको हित हुने छ ।
