लमहीकाे देउखुरी पब्लिक स्कूलद्धारा विभिन्न कार्यक्रम गरी गुरु पूर्णिमा मनाईयाे



लमहीकाे देउखुरी पब्लिक स्कूलद्धारा विभिन्न कार्यक्रम गरी गुरु पूर्णिमा मनाईयाे

लमही २६ असार । देउखुरी पब्लिक स्कूलले विविध कार्यक्रम गरी बिहीवार गुरु पूर्णिमा मनाएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलले विविध कार्यक्रम गरी गुरु पूर्णिमा मनाएको हो ।

स्कुलका विद्यार्थीहरुद्वारा आयोजना गरिएको कार्यक्रममा गुरुहरु प्रति श्रद्धाभाब झल्कने खालको विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए । त्यस्तै उनिहरुले गुरुहरु प्रति श्रद्धाभाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाइदिएर केक लगायतका खानेकुरा दिएर गुरुहरुबाट आशिर्वाद ग्रहण गरेका थिए ।

विद्यालयका कप्तान प्रभात महरको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक भु-माण्डप केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले विद्यार्थीहरुले गुरुप्रति देखाएको श्रद्धाभावले आफू अत्यन्तै खुशी भएको बताए ।

साे अवसरमा स्कुलका शिक्षिकाहरु तुलसी खत्री एवम् सिता बन्जाडेले शुभकामना मन्तव्य राखेका थिए । शिक्षक, विद्यार्थीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण विद्यालयका उप-कप्तान निलम डागीले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे