दाङकाे राप्ती गाउँपालिका न्यायिक समितिद्धारा ४७ वटा विवाद निरुपण



दाङकाे राप्ती गाउँपालिका न्यायिक समितिद्धारा ४७ वटा विवाद निरुपण

देउखुरी २६ असार । दाङको राप्ती गाउँपालिकाको न्यायिक समितिद्वारा आर्थिक वर्ष २०८१/०८२ मा ४७ वटा विवादहरू निरुपण गरिएको छ। चालू आर्थिक वर्षको असार महिनासम्म समितिमा ५५ वटा विवाद दर्ता भएका थिए।

ती मध्ये ४७ वटा विवाद निरुपण गरिएको उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक कमलापति चौधरीले जानकारी दिइन्। उनका अनुसार ती विवादहरू मेलमिलापको माध्यमबाट समाधान गरिएका हुन्।

गाउँपालिकाका उपाध्यक्ष चौधरीको संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितिमा वडा नं. ३ की सदस्य ईश्वरी परियार र वडा नं. ५ का सदस्य गोविन्द कुँवर क्षेत्री सदस्यका रूपमा रहेका छन् । यस्तै, अधिवक्ता हरि बेलबासेले विवाद निरुपणमा सहजीकरणको भूमिका निर्वाह गर्दै आएका छन्।

दर्ता भएका विवादहरूमध्ये सबैभन्दा धेरै जग्गा साँधीसम्बन्धी रहेको उजुरी प्रशासक सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार ३१ वटा जग्गा साँधी, १२ वटा आर्थिक लेनदेन, ५ वटा मानाचामल, ५ वटा घरायसी तथा बाटो र कुलोसम्बन्धी एक/एक वटा विवाद दर्ता भएका थिए।

समितिमा दर्ता भएका अधिकांश विवाद ३५ दिनभित्र छलफल गरी निरुपण गरी कार्यान्वयनमा ल्याइसकिएको जनाइएको छ। यद्यपी  ८ वटा विवाद अझै निरुपण गर्न बाँकी रहेको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे