लमही- भालुवाङ सडक खण्डको पाखापानीमा सवारी दुर्घटना : मोटरसाइकलमा सवार २ जना घाइते
भालुवाङ २६ असार । दाङको देउखुरीमा सवारी दुर्घटना भएको छ ।
बिहीबार दिउँसो ३:१५ बजेको समयमा लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–१ पाखापानी पवित्रा पेट्रोल पम्प नजिक मोटरसाइकल र ट्याक्टर ठोक्किर दुर्घटना भएको हो ।
पश्चिमबाट पुर्व आउँदै गरेको लु २९ प ९१०८ नम्बरको मोटरसाइकल र भालुवाङ देखि लमही गइरहेको रा.१ त ३६२९ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा मोटरसाइकल चालक पुर्वी नवलपरासी (सुस्ता) त्रिवेणी गाउँपालिका-१ का ३२ वर्षिय शेरबहादुर विक, पछाडि सवार २७ वर्षिय बुनुमाया विक घाइते भएका छन् । घाइते दुवै जना श्रीमान श्रीमती हुन् ।
घाइते मध्ये श्रीमान शेरबहादुरको अवस्था गम्भीर रहेको र श्रीमती बुनुमायाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । घाइते दुवैलाई भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले बताएको छ । सिसि टिभी फुटेजमा देखिएको दृश्य अनुसार सडकमा परेको खाल्डो बचाउन खोज्दा मोटरसाइकल ट्याक्टरमा ठोकिन गएको प्रहरीले बताएको छ ।

