कालापानी सामुदायिक वनका उपभोक्ताद्वारा वृक्षारोपण



कालापानी सामुदायिक वनका उपभोक्ताद्वारा वृक्षारोपण

सिसहनियाँ २१ असार । कालापानी सामुदायिक वनमा शनिबार वृक्षारोपण गरिएको छ ।

समुहका कार्यसमिति र उपभोक्ताहरू मिलेर सामुदायिक वनको ५ हेक्टर क्षेत्रफलमा विभिन्न फलफूल र अन्य प्रजातीका बिरुवा रोपण गरिएको हो । सामुदायिक वनबाट पनि आम्दानी लिन सक्ने गरि फलफूल र अन्य बिरुवा रोपण गरिएको समुहका अध्यक्ष श्यामा रावतले जानकारी दिए ।

सो क्षेत्रमा मसला १५०, सगुन, चिउरी र माैवा ५०/५०, धुपिसल्ला ४०, कल्की २५, सितलचिनी २०, छतिवन २५ र जावुन ३० वटा गरि ४ सय ४० वटा बिरुवा रोपण गरिएको समुहका अध्यक्ष रावतले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे