चेक बाउन्स मुद्दामा पक्राउ परेका चौधरी १ हजार जरिवाना तिरेर रिहा
भालुवाङ १९ असार । चेक बाउन्स मुद्दामा पक्राउ परेका एक जना प्रतिवादी जरिवाना तिरेर रिहा भएका छन् ।
राप्ती गाउँपालिका–४ मौरीघाटका ५२ वर्षिय उमेश कुमार चौधरीले अदालतमा १ हजार जरिवाना तिरेपछि बिहिवार रिहा गरिएकाे जिल्ला अदालत दाङका तहशीलदार अमृत पाैडेलले जानकारी दिएका छन् । अदालतले फैसला गरे बमाेजिम सवै प्रकृया पुरा गरेपनि जरिवाना वाफतकाे १ हजार रुपैयाँ नबुझाउँदा उनलाई अदालतले फरार सुचीमा राखेको थियो । फरार रहेका चौधरीलाई बुधवार ईलाका प्रहरी कार्यालय भालुवाङले उनकै घरनजिकैबाट पक्राउ गरि फैसला कार्यन्वयनका लागि जिल्ला अदालत दाङमा बुझाएको थियाे।
प्रतिक्रिया दिनुहोस्

