देउखुरीकाे पाखापानी बिहानी टोलमा उज्यालो अभियान शुरु, करिब ७० वटा बत्ती जडान



देउखुरीकाे पाखापानी बिहानी टोलमा उज्यालो अभियान शुरु, करिब ७० वटा बत्ती जडान

भालुवाङ ३ असार । दाङ–देउखुरीको पाखापानी क्षेत्रमा उज्यालो अभियान शुरु गरिएको छ । केही दिन यता उक्त्‌त क्षेत्रमा चोरीका घट्नहरु बढ्न थालेको भन्दै राप्ती गाउँपालिका वडा नम्बर १ स्थीत पाखापानी बिहानी टोल विकास संस्थाले उज्यालो अभियान शुरु गरेको हो ।

बढ्दो चोरीको घटनालाई नियन्त्रण गर्न टोल विकास संस्थाले टोलभरि नै बत्ती जडान गरेको छ । उज्यालो अभियान अन्तर्गत सम्पूर्ण टोल क्षेत्रमा करिब ७० बत्ती जडान गरिएको टोल विकास संस्थाका अध्यक्ष सूर्यप्रसाद सुवेदीले बताए । अध्यक्ष सुवेदी स्वयं खटिएर बत्ती जडानको काम धमाधम भइरहेको छ ।

यसैबीच सम्पूर्ण टोल प्रतिनिधिहरूको उपस्थितिमा औपचारिक रूपमा अभियान शुभारम्भ समेत गरिएको छ । रातीको समयमा हुने चोरीजन्य क्रियाकलाप न्यूनीकरण गर्न र टोलमा सुरक्षाको प्रत्याभूति दिलाउन यो अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष सुवेदीले बताए । उज्यालो टोल मार्फत सुरक्षित समाज निर्माण गर्ने उद्देश्य लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे