राप्तीमा प्रावि तह र कक्षा ११, १२ का १ सय ४६ जना शिक्षकको दरबन्दी मिलान



राप्तीमा प्रावि तह र कक्षा ११, १२ का १ सय ४६ जना शिक्षकको दरबन्दी मिलान

भालुवाङ ३१ जेठ । दाङको राप्ती गाउँपालिकाले प्राथामिक र माध्यमिक तहको कक्षा ११ र १२ का १ सय ४६ जना शिक्षकको दरबन्दी मिलान गरेको छ ।

शिक्षक दरबन्दी तथा अनुदानको समानुपातिक वितरण गरी सवै प्रावि तथा मावि तहका विद्यालयमा सम्बन्धीत तहको प्रधानाध्यापक व्यवस्थापन समेत हुने गरी दरबन्दी मिलान गरिएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।
गाउँपालिकाले प्राथामिक तर्फ कक्षा १ देखि ५ सम्म र मावि तहमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको दरबन्दी मिलान गरेको छ । जसमा प्रावि स्थायी दरबन्दी ७२ जना राहत ३९ जना, गाउँपालिकाको २६ जना र मावि तर्फ कक्षा ११ र १२ मा अध्यापनरत ९ जना जना शिक्षकको दरबन्दी मिलान गरिएको शाखा प्रमुख विकले बताए ।

दरबन्दी मिलान भए सँगै अव शिक्षकहरु असारको १ गते देखि आ–आफ्नो कार्यक्षेत्रमा जाने बताइएको छ । शुक्रवार मात्रै विभिन्न विद्यालयहरुमा दरबन्दी मिलान तथा पदस्थापन भएका शिक्षकहरुको स्वागत तथा बिदाई गरिएको छ । पारदर्शी प्रक्रिया अवलम्बन गरी शिक्षकको समेत सहभागितामा दरबन्दी मिलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे