गढवा उद्योग वाणिज्य संघले असार ३ गते देखि १२ गते सम्म व्यापारिक मेला सञ्चालन गर्दै
देउखुरी २४ जेठ । गढवा उद्योग वाणिज्य संघले व्यापारिक मेला सञ्चालन गर्न लागेकाे छ ।
संघले शनिवार गढवामा पत्रकार सम्मेलनकाे आयोजना गरि मेलाका विषयमा जानकारी गराएकाे छ । स्थानीय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन र व्यवसायी: समृद्धिको मेरुदण्ड भन्ने मूल नाराका साथ यहि असार ३ गते देखि १२ गते सम्म गढवाको खेल मैदानमा प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ सञ्चालन गर्न थालेको हाे । गढवा गाउँपालिका सिफारिस र जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति लिई मेला सञ्चालन गर्न थालेकाे संघका अध्यक्ष ओमप्रकाश बसेलले जानकारी दिए ।
हरेक दिन बेलुका ४ बजे देखि सुरु हुने मेलामा गढवा तथा राजपुरमा उत्पादित कृषि जन्य सामाग्रीहरुको प्रर्दशनी तथा बिक्री कक्ष, पशु प्रदर्शनी तथा बिक्री कक्ष, माटोको भाडा प्रदर्शनी तथा बिक्री कक्ष, गढवा र राजपुर क्षेत्रका पर्यटकीय स्थलको जानकारी कक्ष, गड्यौला मल प्रदर्शनी तथा बिक्री कक्ष, सिपमुलक तालिम प्राप्त गरि सकेपश्चात यस क्षेत्रमा खोलिएका विभिन्न उद्योगबाट उत्पादित सामाग्री प्रर्दशनी तथा बिक्री कक्ष समेत राखिने छ । झण्डै एक सय बढी स्टलहरु रहने उक्त मेलामा ८० हजार बढी दर्शकहरुले मेला अवलोकन गर्ने आंकलन गरिएको संघले जानकारी दिएको छ । मेला स्थलमा दर्शकहरुको स्वास्थ्य लाई मध्यनजर गरी प्राथमिक हेल्थ डेस्क संचालन गरिने र एम्बुलेन्स समेत परिचालन गरिने बताइएको छ ।
मेलाको अवसरमा गढवा क्षेत्रको पर्यटन प्रवर्धनका लागी गढवा भित्र रहेका पर्यटकीय क्षेत्र श–शुल्क प्याकेजमा घुमाउने ब्यबस्था गरिएको छ । राष्ट्रिय स्तरका कलाकारहरु लाई कोईलाबास नाका तथा रामजानकी मन्दिर घुमाउने यस क्षेत्रका पर्यटकीय स्थलको बारेमा जानकारी गराउने गरी कामहरु अघि बढाएको संघले जनाएको छ । मेला अवधिमा पत्रकार, सुरक्षाकर्मी तथा जेष्ठ नागरिक लाई निशुल्क प्रबेशको व्यवस्था गरेका छौं, स्थानीय उद्योगी ब्यबसायीहरुलाई स्टलमा ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुका लागी निशुल्क स्टलको व्यवस्था गरिएको छ । मेला भब्य र शव्य रुपमा संचालन गर्नका लागि ईलाका प्रहरी कार्यालय, नगर प्रहरी गढवा, युवा स्वयंसेवक र सेक्युरेटीको ब्यबस्था गरिएको, सचिवालयबाट मेला स्थलको निगरानी गर्न मेला क्षेत्र भित्र सिसि क्यामरा ब्यबस्था समेत गरिएको संघले जनाएको छ ।
मेला समापन भएको ३० दिन भित्र आम्दानी खर्च सार्वजनिक गर्ने र मेला संचालनबाट भएको मुनाफाबाट उद्योगी व्यवसायीहरुको लागि व्यवसायीक सुरक्षा कोष पूर्ण रुपमा संचालनमा ल्याउने, बजार क्षेत्रमा अत्याधुनिक सिसि क्यामेरा जडान, सडक बत्ती जडान, गढवा र राजपुरका बजार क्षेत्रमा फोहर मैला व्यवथापन अन्र्तगत डस्टबिनहरु वितरण, यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागी होर्डिङ्ग बोर्डहरु राख्ने मेलाको उद्देश्य रहेको पत्रकार भेटघाटमा जनाइएको छ । मेलालाई भब्य र शब्य रुपमा सम्पन्न गर्नका लागि जनप्रतिनिधिहरु, यस क्षेत्रका उद्योगी व्यवसायीहरु, राजनीतिकदलहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु, सुरक्षाकर्मीहरु, नगर प्रहरीकाहरु पत्रकारहरु र सरोकारवालाहरु सँग छलफल गरिरहेकाे पत्रकार सम्मेलनमा अध्यक्ष बसेलले बताए । दाङ जिल्लामा भारत सँग सिमा जोडिएको उद्योग वाणिज्य संघ गढवा उद्योग वाणिज्य संघ मात्र भएकोले यस क्षेत्रमा उत्पादित सामाग्री भारत सम्म बजारीकरण होस् भन्ने हेतुले भारतको तुलसीपुरमा रहेको भारतीय व्यापार मण्डल सँग समन्वय र सहकार्य गरिनेछ । कोईलाबास नाकामा प्रचार सामाग्रीहरु प्रयाप्त मात्रमा राखिने छन्, भारतबाट नेपाल आउने पर्यटकलाई सहजताका लागी गढवा गाउँपालिका वडा नं. ८ कोईलाबासको कार्यालय, भन्सार कार्यालय कोईलाबास, शसस्त्र प्रहरी बल कोईलाबास, ईलाका प्रहरी कार्यालय कोईलाबास लगायत सरोकारहरु सँग समन्वय सहकार्य गर्ने अध्यक्ष बसेलले बताए ।
मेला उद्घाटन सत्रमा स्थानीय झाँकीहरु प्रदर्शनी गरिने, झाँकी मुल्याकंन समिती गठन हुने , प्रथम द्धितिय, तृतीय तथा सान्त्वना हुनेलाई पुरस्कृत गरिने, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने, नव प्रतिभाका लागी गढवा आईडल संचालन गरिने । मेलामा पार्किङ, खानेपानी, शौचालयको ब्यबस्था गरिने अध्यक्ष बसेलले बताए । मेलालाई सफल पार्न सबै क्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको संघले जनाएको छ । संस्थाको मूल नेतृत्व रहने गरि संघका संस्थापक अध्या,पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, सल्लाहकारहरु, स्थानीय कृयाशिल राजनितिक दल, स्थानीय बिद्यालय र स्थानीय गैसस सदस्य रहनेगरि मूल समारोह समिति र उपसमितिहरु पनि बनाईसकेका छौं प्रायोजकहरु खोज्ने देखि आन्तरीक तयारीहरु गर्दै रहेको उहाँले बताउनु भयो ।

