ब्लड क्यान्सर पीडित शर्माद्वारा सहयोगको अपिल
भालुवाङ १६ जेठ । दाङको गंगापरस्पुर–५ हाल गढवा गाउँपालिका–४, दाङ निवासी ६८ वर्षिय होमप्रसाद शर्माले उपचारका लागि सहयोगको अपिल गरेका छन् । ब्लड क्यान्सरबाट पीडित शर्मालाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।
शर्माका जेठा छोरा सन्दीप घिमिरेले दिएको जानकारी अनुसार शर्मा ४ दिन देखि वीर अस्पताल काठमाण्डौंमा बेड नम्बर १७२ मा उपचाररत रहेका छन् ।
‘अहिले सम्म उपचारमा ५ लाख भन्दा बढी रकम खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ’, बिरामीका छोरा घिमिरेले भने, उपचारमा संलग्न डाक्टरका अनुसार थप उपचारका लागि ५० लाख रुपैयाँ खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबै सँग आग्रह गरेका हौं ।’ शर्मालाई बचाउनका लागि छोरा सन्दीप घिमिरेको नाममा रहेको प्रभु बैंकमा ०८४०२४५८४०२०००१८ नम्बरको खातामा पैसा जम्मा गरेर वा मोबाइल नम्बर ९८४७८२४०३८ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गरिएको छ ।
