राप्ती गाउँपालिकामा सञ्चालित डिजिटल मिडिया तथा एआई प्रविधि तालिम सकियो
भालुवाङ १३ जेठ । दाङको राप्ती गाउँपालिकाकामा सञ्चालित डिजिटल मिडिया तथा एआई प्रविधि सम्बन्धि मंगलबार सकिएको छ ।
राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले सोमबार देखि राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको तालिम मंगलबार सम्पन्न भएको हो । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले पत्रकारितालाई प्रविधि सँग जोडेर लैजान सुझाव दिइन् । उपाध्यक्ष चाैधरीले पत्रकारहरूले तथ्यमा आधारित भएर प्रविधिको प्रयोग गरि समाचार लेख्न सके विश्वसनीयता बढ्ने बताइन् ।
तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा, मञ्चका सल्लाहकार जमिर शाह, सहभागीको तर्फबाट पत्रकार विदुर एमसी, विनिता गाहा मगर, तामबहादुर खैकला मगर लगायतका वक्ताहरूले बाेलेका थिए । बोल्ने सहभागी पत्रकारहरूले तालिम निकै उपलब्धिमुलक भएको र यसले समाचार लेखनमा निकै सहयोग पुग्ने बताएका थिए । राप्ती गाउँपालिकाका २० जना पत्रकारहरूको सहभागीता रहेको तालिमको प्रशिक्षकमा सुदर्शन रिजाल र पाण्डव प्रसाद शर्मा रहनु भएको थियो । मञ्चका उपाध्यक्ष हुमा सुनारले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

