लमहीकाे देउखुरी पब्लिक स्कुलद्वारा विद्यार्थीहरुको दन्त परिक्षण



लमहीकाे देउखुरी पब्लिक स्कुलद्वारा विद्यार्थीहरुको दन्त परिक्षण

देउखुरी ९ जेष्ठ । दाङ-देउखुरीकाे लमही-६ स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे बिहिबारमा दन्त परीक्षण गरिएकाे छ ।

बिद्यालयमा अध्ययनरत ६ सय ८ जना विद्यार्थीहरूकाे निशुल्क दन्त परिक्षण गरिएकाे छ । दन्त बिशेषज्ञ डा.रोजिना अधिकारीको नेतृत्व रहेको टिमले पूर्व प्रा.वि. बाहेक पहिलो चरण अन्तर्गत कक्षा १ देखि १० सम्मका करिव ६ सय ८ जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको थियो । परीक्षण कार्यक्रममा मुख भित्र आउने समस्या, दात र मुखलाई स्वस्थ राख्ने उपाय बारे प्रशिक्षण समेत दिइएको थियो ।विद्यार्थीहरुको चौतर्फी विकासका लागि स्वास्थ्य निकै महत्वपुर्ण भएकाले यस प्रकृतिका गतिबिधिमा स्कुलले समेत अग्रसरता देखाउन आवश्यक रहेको स्कुलका प्रबन्धक/ प्रधानाध्यापक भू -माण्डप केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे