राप्ती चेम्बरको साधारण सभा, अधिवेशन तथा स्मारिका विमोचन कार्यक्रम जेठ ३ गते हुने

भालुवाङ ३० वैशाख । राप्ती चेम्बर अफ कमर्स राप्ती गाउँपालिकाको तेस्रो वार्षिक साधारण सभा, अधिवेशन तथा स्मारिका विमोचन कार्यक्रम हुने भएको छ ।
हालै चेम्बरका अध्यक्ष नेमलाल शर्मा (बेल्वासे)को अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगामी जेठ ३ गते शनिबार राप्ती गाउँपालिका-८ नयाँबजार स्थित स्केटपार्कमा कार्यक्रम गर्न लागेको हो । सो कार्यक्रमलाई उद्घाटन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउन लाग्नु भएको छ। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य, त्यसै गरी लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल लगायत विशिष्ट पाहुनाहरूको उपस्थिति रहने चेम्बरले जनाएको छ। सभामा विभिन्न भाषाभाषी तथा कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ कार्यक्रमलाई व्यवस्थित तथा मर्यादित बनाउन विभिन्न जिम्मेवारी समेत बाँडफाट गरिएको छ ।
जस अनुसार पदम परियारको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, हरिचन्द्र चाैधरीको संयोजकत्वमा झाँकी व्यवस्थापन समिति, लक्ष्मी पोख्रेलको संयोजकत्वमा स्वागत सत्कार समिति, विष्णुप्रसाद सुवेदीको संयोजकत्वमा खाजा व्यवस्थापन समिति, ओमप्रकाश गुप्ताको संयोजकत्वमा व्यानर, प्रमाणपत्र तथा चिठी पत्र निर्माण समिति लगायतका उपसमिति गठन गरेर तयारीलाई तिव्र बनाएको छ । विहान १० बजे देखि सुरू हुने कार्यक्रममा उपस्थितिका लागि चेम्बरले सम्पूर्ण उद्योगी, व्यापारी, किसान, मजदुर, जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, शिक्षक, महिला समूह, टोल विकास संस्था तथा गाउँ अगुवा सवैमा निमन्त्रणा समेत गरेको छ ।