मसुरिया हाटबजारमा टहराको अभाव, किसान आफैले बनाए टहरा
भालुवाङ ३० वैशाख । दाङको राप्ती गाउँपालिका–३ मसुरियामा सञ्चालनमा रहेको साप्ताहिक हाटबजारमा व्यापारी तथा किसानहरू टहराको अभावमा समस्यामा परेका छन् ।
नियमित रूपमा हरेक शुक्रबारलाग्ने हाटबजारमा किनबेचगर्न आउने किसान तथा साना व्यापारीहरू घाम, पानी र धुलोको सामना गर्दै खुला आकाशमुनि सामान राखेर व्यापार गर्न बाध्य भएका छन् । स्थानीय किसानहरूले सरकारको बेवास्ता देखेर आफैंले काठ, त्रिपाल र टिनको सहारामा अस्थायी टहरा बनाएका छन्। किसान शारदा विक भन्छिन्, “सरकारले केही गर्दैन भनेर हामी आफैंले बनायौं, नत्र घामपानीमा कसरी सामान बेच्नुरु” टहराविहीन अवस्थामा हाटबजार सञ्चालन गर्दा सामग्री बिग्रने, ग्राहक बस्न नपाउनेजस्ता समस्या देखिँदै आएको छ।तर, स्थानीय सरकार भने असहाय देखिएको छ। हाटबजार लाग्ने जमिन वन क्षेत्रअन्तर्गतपरेकाले स्थायी टहरा बनाउन वन कार्यालयले अनुमति नदिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए ।
हामीले पहल गरिरहेका छौं, तर डिभिजन वन कार्यालबाट निर्माण अनुमति नआउँदा समस्या छ, उनले भने । डिभिजन वन कार्यालय देउखुरी सँग समन्वय गरि स्थायी नभए पनि अस्थायी टहरा बनाउने सहमति भएको छ अब छिट्टै काम हुन्छ अध्यक्ष विष्टले भने ।यता डिभिजन वन कार्यालयका अधिकारीहरू भन्छन्, वन क्षेत्रभित्र संरचना निर्माण गर्न कानुनी प्रक्रिया पूरा गर्नुपर्छ, जसमा समय लाग्छ स्थानीयहरू चाहिँ विगत लामो समय देखि समस्या समाधान नभएको भन्दै आक्रोशित छन्। “हामीले भोट दिने बेला राज्य आएर भोट माग्छ, तर सेवा दिन आउँदैन,” एक व्यापारीले भने, अब स्थानीय सरकार र वन कार्यालय बीच सहकार्य गरी समाधान निकाल्नुपर्ने दबाब बढ्दैगएको छ। किसानहरू भन्छन् । सरकार मौन बसिरहँदा उनीहरू आफ्नै बलबुतामा हाटबजार जोगाइरहेका छन्।

