प्रेस चाैतारी राप्तीको दोस्रो अधिवेशन : अध्यक्षमा पुन हुमा सुनार सर्वसम्मत निर्वाचित



प्रेस चाैतारी राप्तीको दोस्रो अधिवेशन : अध्यक्षमा पुन हुमा सुनार सर्वसम्मत निर्वाचित

भालुवाङ २० वैशाख । प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटको दोस्रो अधिवेशन तथा ३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

शनिबार राप्ती गाउँपालिका-३ मसुरियामा आयोजित अधिवेशन तथा तालिम सम्पन्न भएको हो । प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटिका अध्यक्ष हुमा सुनारको अध्यक्षता एवं नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा अधिवेशन तथा तालिम सम्पन्न भएको हो । अधिवेशनले दोस्रो कार्यकालका पनि पुन हुमा सुनारको अध्यक्षतामा १ सदस्य पछि थप गर्ने गरि ११ सदस्यीय नयाँ कमिटि गठन गरेको छ । सुनार दाेस्राे कार्यकालका लागि पुन अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नव गठित कमिटीको उपाध्यक्षमा माधव खनाल, सचिवमा देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्षमा यज्ञबहादुर विश्वकर्मा रहेका छन् । त्यसै गरि सदस्यहरूमा कन्चन खत्री क्षेत्री, नारायणप्रसाद खनाल, सुस्मिता घर्ती पुन मगर, मिना पुन मगर, बवि कुमारी चाैधरी रहेका छन् ।

सो अवसरमा प्रेस चाैतारी नेपालको केन्द्रीय कमिटी र प्रदेश कमिटीमा रहि महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुर्व केन्द्रीय सदस्यहरू सन्तोष कुमार गुप्ता, ओमप्रकाश गुप्ता र प्रदेश कमिटी सदस्य तथा नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश कमिटीमा लोकप्रिय मतका साथ मधेसी सदस्य पदमा निर्वाचित भएको भन्दै सम्मान पत्र सहित चाैतारी गाउँपालिका कमिटीले सम्मान गरेको छ । भने तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा प्रेस चाैतारी नेपाल दाङका निर्वतमान अध्यक्ष तथा सल्लाहकार प्रेमबहादुर राम्जा मगर, पुर्व केन्द्रीय सदस्य विदुर एमसी, लुम्बिनी प्रदेश सदस्यहरू नवराज शर्मा, शान्ता खनाल, चाैतारी दाङकी उपाध्यक्ष लक्ष्मी पोख्रेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेस चाैतारी नेपालका निर्वतमान केन्द्रीय सदस्य सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशका निर्वतमान सदस्य ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे