नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरी साढे ४ घण्टा पछि रिहा



नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरी साढे ४ घण्टा पछि रिहा

काठमाडौं १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।

सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो । सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे