दाङकाे राप्ती गाउँपालिका-३, मसुरीयामा सुविधा सम्पन्न जय दुर्गा देवी होटल सञ्चालनमा



दाङकाे राप्ती गाउँपालिका-३, मसुरीयामा सुविधा सम्पन्न जय दुर्गा देवी होटल सञ्चालनमा

भालुवाङ ७ बैशाख । लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा आइतबार सुविधा सम्पन्न जय दुर्गा देवी होटलको औपचारिक उद्घाटन गरिएको छ। होटलको उद्घाटन गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक कार्यक्रमबीच गरेका हुन् ।

साेही ठाउँ निवासी स्थानीय व्यवसायी नारायण भुसालकाे एकल करिब १ करोड रुपैयाँ लगानीमा आफ्नै सुविधा सम्पन्न भवनमा उक्त हाेटेल  सञ्चालनमा ल्याएका हुन् । होटलमा स्थानीय परिकार संगै ताजा, सफा अनि मिठाे खाना, नास्ताका साथै सामाजिक तथा पारिवारिक कार्यक्रमका लागि सभाहलको समेत व्यवस्था गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले निजी क्षेत्रको यस्ता लगानीले गाउँपालिकामा व्यवसायिक वातावरण विकास हुनुका साथै स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना हुने विश्वास व्यक्त गरे। उनले गाउँपालिका निजी क्षेत्रको प्रोत्साहनका लागि सधैं तयार रहेको बताए।

होटल सञ्चालक भुसालले स्थानीय उपभोग्य सामग्रीको प्रयोगमार्फत स्वादिष्ट र शुद्ध सेवा दिने लक्ष्य राखिएको जानकारी दिए । उनले होटलले पर्यटक तथा आगन्तुकहरूलाई सहजता प्रदान गर्ने विश्वास समेत व्यक्त गरे।

जय दुर्गा देवी होटलको सञ्चालनसँगै मसुरीयामा नयाँ व्यवसायिक सम्भावना थपिएको छ। स्थानीयस्तरमा सुविधासम्पन्न होटलको कमी भइरहेका बेला यो होटलले सो अभाव पूर्ति गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे