नेपाल मगर विद्यार्थी संघ राप्तीकाे अध्यक्षमा प्रदीप घर्तीमगर निर्विरोध निर्वाचित
सिसहनियाँ ६ वैशाख। नेपाल मगर विद्यार्थी संघ राप्ती गाउँपालिका समितिको अध्यक्षमा प्रदीप घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । शनिबार राप्ती गाउँपालिका–८, पिपरीमा सम्पन्न संघको दोस्रो अधिवेशनले घर्ती मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएकाे हाे ।
नव-निर्वाचित कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा रिमा घर्ती मगर, उपाध्यक्ष झमी राना मगर, सचिव मेनका रखाल मगर, सह–सचिव रिजन घर्ती मगर र कोषाध्यक्षमा संगीता पुन मगर निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा सद्स्यहरु पूर्णिमा राना मगर, भुमा दर्लामी मगर, सुस्मिता बुढा मगर, ओविन्द्र सुनारी मगर, उषा पुन मगर, पुर्णिमा पुन मगर, समीर बुढा मगर लगायतका रहेका छन्।

संघका अध्यक्ष कृष्ण पुनमगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेश भाषिक उपाध्यक्ष इराधा झाक्री मगरको प्रमुख आतिथ्यता तथा बौद्ध समाज लुम्बिनी प्रदेश उपाध्यक्ष चन्द्रबहादुर पुनमगरको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि झाक्री मगरले मगर भाषा, संस्कृति र परम्परागत पहिरनको संरक्षणमा सबै मगर समुदाय, विशेषतः विद्यार्थी र युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्। त्यस्तै, विशिष्ट अतिथि चन्द्र बहादुर पुन मगरले मगर समुदायको जीवनशैली, धर्म, संस्कृति तथा जन्मदेखि मृत्यु संस्कारसम्मका परम्परागत विधिबारे प्रकाश पार्दै युवापुस्ताले ती अभ्यासलाई नबिर्सन नहुने बताए।
कार्यक्रममा नेपाल मगर संघका पूर्व सहसचिव तथा मगर महिला संघकी अध्यक्ष बिस्पुरा घर्तीमगर, नेपाल मगर संघ राप्ती गाउँपालिकाका सचिव टिकाबहादुर बुढा मगर, वडा नं. १ का अध्यक्ष केशमान पुनमगर, नेपाल मगर महिला संघकी कुमकला रखाल मगरलगायतले मगर समुदायको हक, अधिकार र पहिचानको प्रवर्द्धनमा जोड दिएका थिए। रिमा घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नव–निर्वाचित अध्यक्ष प्रदीप घर्ती मगरले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्

