देउखुरीको बसन्तपुर स्विजरल्यान्ड मेलामा आज चर्चित गायिका रेखा पाेख्रेल आउँदै



देउखुरीको बसन्तपुर स्विजरल्यान्ड मेलामा आज चर्चित गायिका रेखा पाेख्रेल आउँदै

देउखुरी २ बैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं ३ बसन्तपुर स्वीजरल्याण्ड पार्कमा जारी नयाँ वर्ष रमाइलो साँस्कृतिक मेला बैशाख ३ गते बुधबार सम्म सञ्चालन हुने भएकाे छ । नयाँ २०८२ विशेष रमाइलाे सांस्कृतिक कार्यक्रम यही बैशाख ३ गते बुधबार सम्म सञ्चालन हुने भएकाे बसन्तपुर शिबमन्दिर स्वीजरल्याण्ड पार्क व्यवस्थापन समितीका सचिव सिउकुमार चाैधरीले जानकारी दिएका छन् ।

चैत ३१ गते देखि शुरू हुने भनिएकाे रमाइलाे मेला बर्षाका कारण हुन नसकेपछि बैशाख १ गते देखि शुरू भएकाे थियाे । मेलामा समान्य बिबाद आएपछि जिल्ला प्रशासन कार्यालयले आज देखि मेला सञ्चालनमा राेक लगाएकाे थियाे । आजै आयाेजक र प्रशासन बीचकाे आपसी सहमतिमा पुन : बैशाख ३ गते सम्म नै मेला चलाउने गरी अनुमति प्राप्त गरी मेला सञ्चालन गर्न लागिएकाे समितीका सचिव चाैधरीले बताए । साथै मेलाकाे समापन भने बैशाख ४ गते हुने आयाेजकले जनाएकाे छ ।

यसैबीच आज बैशाख २ गते मंगलबार राती चर्चित भाईरल गायिका रेखा पाेख्रेल सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ । साथै मेला अवलाेलनका लागि दाङ-देउखुरीबासीमा आयाेजकले अनुराेध समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे