गोरखा आइडियल स्कुलले कक्षा ८ मा शतप्रतिशत नतिजा ल्यायो : विद्यार्थी, अभिभावक र शिक्षक सम्मान



गोरखा आइडियल स्कुलले कक्षा ८ मा शतप्रतिशत नतिजा ल्यायो : विद्यार्थी, अभिभावक र शिक्षक सम्मान

भालुवाङ १ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको गोरखा आइडियल स्कुलले कक्षा ८ को परिक्षामा शतप्रतिशत नतिजा ल्याएको छ ।

गत चैत ३० गते राप्ती गाउँपालिकाले प्रकाशित गरेको परिक्षाफलको नतिजामा गोरखा आइडियलबाट ५२ जना विद्यार्थी सम्मेलित परिक्षामा ५२ जना विद्यार्थी पास हुन सफल भएको स्कुलका प्रिन्सिपल बसन्त बहादुर पुनले बताए । यसै बीच कक्षा ८ को परिक्षामा सफल भएका ५२ जना विद्यार्थी, उनका अभिभावक र विषयगत शिक्षकहरूलाई विद्यालयले एक समारोहका बीच आइतबार सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य लोकमान रिजालको अध्यक्षता एवम् गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । परिक्षामा सफल विद्यार्थी, अभिभावक र शिक्षकलाई प्रमुख अतिथिले टीका, माला लगाएर सम्मान गरेका थिए । सो अवसरमा विद्यालयका प्रिन्सिपल बसन्त बहादुर पुनले विद्यालय वार्षिक प्रगति विवरण तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए । उनले शैक्षिक उपलब्धिका रूपमा शैक्षिकसत्र २०८०/०८१ अन्तरगत २०८० मा कक्षा ८ को परिक्षामा राप्ती गाउँपालिका प्रथम, २०८१ को कक्षा ८ क‌ै परिक्षामा शतप्रतिशत विद्यार्थी पास र एसईई परिक्षामा शतप्रतिशत विद्यार्थी पास भएको बताए ।

यस्तै प्रिन्सिपल पुनले यस शैक्षिकसत्रमा कक्षा कोठाहरुलाई थप प्रविधिमैत्री बनाएर लैजाने, विद्यार्थीहरुलाई परामर्श कक्षा र अभिभावकहरुलाई अभिभावक शिक्षा दिने, त्यस्तै शैक्षिक क्यालेण्डरमा उल्लेखित कार्यक्रमहरुलाई अक्षरांश पालाना गर्ने बताए । उनले शैक्षिकसत्र २०८२ का लागि नयाँ विद्यार्थी भर्ना फारम वितरण वैशाख २ गते बाट गर्ने, नयाँ विद्यार्थी भर्ना प्रवेश परीक्षा वैशाख ६ गते गर्ने, पठनपाठन वैशाख ७ गतेबाट गर्ने बताए । गोरखा ग्रुप दाङको नीति अनुरूप प्रतिकक्षा विद्यार्थी संख्या नर्सरी देखि युकेजी सम्म ३० जना, कक्षा १ देखि कक्षा ५सम्म प्रति कक्षा ३२ विद्यार्थी, कक्षा ६ देखि कक्षा १० सम्म प्रति कक्षा ३६ जना विद्यार्थी  राख्ने बताए ।

स्कुलले शिक्षण सिकाइलाई प्रभावकारी र व्यवहारिक बनाउनको लागि तहगत रुपमा विभिन्न कार्यक्रम लागु गरेको तथा कार्यक्रमको प्रभावकारिताका लागि विभिन्न तहमा विषयगत र विषयक्षेत्रका विशिष्ट व्यक्तिहरुलाई विद्यालय सँग जोडेको प्रिन्सिपल पुनले बताए । पूर्व प्राथमिक तथा प्राथमिक तहमा मन्टेश्वरी कार्यक्रम अन्तर्गत सिपिएस र सिपि आर एस कार्यक्रम, आधारभूत तहमा कक्षा शिक्षण एवं सृजनशिलता विकासका लागि परियोजना आधारित सिकाई र माध्यमिक तहमा शैक्षिक अवलोकन, परियोजना कार्य तथा जीवन उपयोगी परामर्श कार्यक्रम लागु गरेको उनले बताए । उनले विद्यार्थीका हस्तलेखन सुधारका लागी अक्षर सुधार लेखन, योगा र लागुऔषध दुव्र्यसन शिक्षा दिइरहेको बताए । विद्यार्थी स्वास्थ्य परामर्श तथा किशोर किशोरी स्वास्थ्य एवं प्रजनन शिक्षा, समय–समयमा कानुनी परामर्श साइबर अपराध, लैगिंक हिंसा विपत् व्यवस्थापन, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भइरहेको प्रिन्सिपल पुनले बताए । विद्यार्थीका सिर्जनशिलता, दक्षता एवं नेतृत्व विकासको लागी फिल्ड भिजिट, ग्रुप वर्ककिङ, रिपोर्ट राइटिङका लागी प्राथमिकता दिदै शिक्षण सिकाइ कार्यकलापलाई अगाडी बढाएको समेत प्रिन्सिपल पुनले बताए ।

त्यस्तै उनले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाली सेनाका सन्ततीहरुलाई कल्याणकारी छात्रवृति प्रदान गर्दै आएको र सिपि नेपाल लगायत धेरै संस्थाहरु सँग सिफारिस अनुरुप बालबालिकालाई विद्यालयसम्म पंहुच बढाएको बताए । सो स्कुलमा ३ वटा भवनमा ४० वटा कोठा, २५ वटा शिक्षण कोठा, ८ वटा शौचालय, १ वटा चमेनागृह, १ वटा पुस्तकालय, २ वटा सटोर कक्षा, २ वटा प्रशासनिक कोठा, १ वटा विज्ञान ल्याव कोठा रहेका छन् । त्यस्तै कुल ७ सय ६८ विद्यार्थी मध्ये प्ले ग्रुपमा २८ जना विद्यार्थी रहेका छन् । भने नर्सरीमा ६० जना, एल.के.जीमा ५४ जना, यु.के.जी मा ६३ जना, कक्षा १ मा ७६ जना, कक्षा २ मा ३८ जना, कक्षा ३ मा ५५ जना, कक्षा ४ मा ७२ जना, कक्षा ५ मा ७३ जना विद्यार्थी रहेका छन् । त्यस्तै कक्षा ६ मा ६७ जना, कक्षा ७ मा ६२ जना, कक्षा ८ मा ५२ जना, कक्षा ९ मा ४३ जना, कक्षा १० मा २५ जना विद्यार्थी रहेका छन् । त्यस्तै कुल ४३ जना शिक्षक कर्मचारी मध्ये ३२ जना पूर्णकालिन शिक्षक, ११ जना कर्मचारी रहेको प्रिन्सिपल पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे