दाङकाे लमही सवस्टेसनमा चट्याङ पर्दा देउखुरी क्षेत्रमा विद्युत अवरुद्ध

देउखुरी ३१ चैत । दाङमा चट्याङ परेर विद्युत सवस्टेसनमा क्षति हुँदा विद्युत आपूर्ति बन्द भएको छ। लमहीमा रहेको १३२/३३/११ सवस्टेसनमा दिउँसो सवा चार बजेतिर चट्याङ परेको थियो। जसले गर्दा विद्युतको सुरक्षा उपकरणहरुमा क्षति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिए।
चट्याङले एमआइटीका पाँच वटा उपकरणमा क्षति भएको छ भने ट्रान्सर्फमरको केवलमा पनि क्षति हुँदा विद्युत प्रशारण अवरुद्ध भएको छ। अहिले पनि मर्मतको काम जारी रहेको र अझैं तीन चार घण्टासम्म विद्युत वितरण गर्न नसकिने अवस्था रहेको प्रमुख रावतले बताए।
‘मर्मतको काम चलिरहेको छ। ठ्याक्कै यति बजे विद्युत वितरण गर्न सकिन्छ भन्ने छैन। जति छिटो मर्मतको काम सकिन्छ त्यति नै छिटो विद्युत वितरण हुन्छ,’ उनले भने,‘अहिले सबै विकल्पहरुमा काम भइरहेको छ।’ नयाँ वर्षको पूर्वसन्ध्यामा बिजुली जाँदा उपभोक्ताले समस्या भोग्नुपरेको सूर्यराज गौतमले बताए।