सिसहनियाँ उवासंघको नयाँ भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

देउखुरी २२ चैत । दाङ–देउखुरीको राप्ती गाउँपालिका–५, सिसहनियाँमा रहेको सिसहनियाँ उद्योग बाणिज्य संघले नयाँ बर्ष २०८२ को पावन अवसरमा प्रकाशन गरेको भित्तेपात्रो आज शुक्रबार संघको सभाहल सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको छ । संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा भित्तपात्रो बिमोचन गरिएको हो ।
संघले प्रकाशन गरेको नयाँ बर्ष २०८२ को भित्तेपात्रो बिमोचन गरिएको हो । संघले आफ्नो गतिबिधि सहित समावेश गरेको तीन पेजको ठुलो आकारमा रहेको भित्ते पात्रो प्रकाशन गरी बिमोचन गरिएको हो । संघले गत बर्ष जस्तै यस बर्ष पनि संघमा आवद्ध सम्पूर्ण व्यापारी, विज्ञापनदाता तथा अन्य संघसंस्था तथा कार्यालयहरूलाई निशुल्क रूपमा भित्तेपात्रो उपलब्ध गराउने जनाएको छ । भित्तेपात्रोले संघको गतिविधि आमनागरिक सम्म पुग्ने र संघको प्रचारप्रसार हुने विश्वास गरिएको छ ।
यता भित्तेपात्रो बिमोचन गर्दै पालिका अध्यक्ष बिष्टले मुलुकलाई समृद्ध बनाउन सरकार र निजि क्षेत्र बीच सहकार्य हुन आवश्यक रहेको बताए । उनले निजि क्षेत्रले उद्योग र पर्यटनमा लगानी बढाए मात्र स्वदेशमा रोजगार वृद्धि गर्न सकिने विश्वास व्यक्त गरे । अध्यक्ष बिष्टले खुल्ला तथा झोले व्यापारीहरू नियन्त्रण गर्न स्थानीय सरकारले पनि तडारूकता देखाउने बताए । उनले पछिल्लो समय सिसहनियाँ उद्योग बाणिज्य संघले उद्योगी तथा व्यापारीमैत्री कार्य गरिरहेको भन्दै संघको नयाँ टिमलाई धन्यवाद दिंदै कामको उच्च प्रशंसा समेत गरे ।
संघका बरिष्ठ उपाध्यक्ष मदन पोख्रेलको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका–५, नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, सिसहनियाँ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष पूर्णबहादुर बुढाथोकी, प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्था संस्थाका भरतप्रसाद पाण्डे, हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशमबहादुर थापा, सर्वोदय मावि सिसहनियाँका प्रधानध्यापक बिनोदकुमार गुप्ता, बुद्धिजीवी रेशमबहादुर रावत, संघका उद्योग उपाध्यक्ष भागवत ज्ञवाली र संघकै प्रेस सल्लाहकार सन्तोषकुमार गुप्ता लगायतका व्यक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संञ्चालन संघका महासचिव प्रशान्त बसेलले गरेका थिए ।