रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउने उच्च अदालतको आदेश



रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं २२ चैत ।  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेश विरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो ।बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

यस्तै न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै छविलाई पनि थुनामा पठाउने आदेश गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे