राजावादीको आन्दोलनमा परि ४ प्रहरी गम्भीर घाइते, २३ प्रदर्शनकारी घाइते

काठमाडौँ १५ चैत । तीन कुनेमा भएको राजावादी आन्दोलनका क्रममा ४ जना प्रहरी गम्भीर घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार आन्दोलनमा २३ प्रदर्शनकारी घाइते भएका छन् । गम्भीर घाइते भएका सबै प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने घाइते प्रदर्शनकारीको भने अन्य सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार आन्दोलनकारीहरुले १ प्रहरीको गाडीमा आगजनी गरेका छन् भने प्रहरीका २ गाडीमा तोडफोड गरेका छन् । प्रहरीले साँझ सम्म हिसांत्मक गतिविधिमा संग्लन १७ जनालाई नियन्त्रणमा लिएका छन् । गृह मन्त्रालयका अनुसार ८ भन्दा धेरै सरकारी सवारी साधनमा आगजनी भएको छ । इकान्तिपुर डटकमबाट साभार
प्रतिक्रिया दिनुहोस्