राजनीतिक अस्थिरताबीच नेपाल आइपुगेको चिनियाँ टोली शितल निवासमा



राजनीतिक अस्थिरताबीच नेपाल आइपुगेको चिनियाँ टोली शितल निवासमा

काठमाडौँ १२ पुस । आइतबार अपरान्ह नेपाल आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली भेटघाटका क्रममा अहिले शितल निवास पुगेको छ।

स्रोतका अनुसार चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिरहेको छ । टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत नेकपाका नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ।नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आइपुगेको बुझिएको छ। यसअघि नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले नेकपाका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतसँग भेट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे