संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान



संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान

काठमाडौं १२ पुस  । संखुवासभामा  विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । विप्लव समूहका जिल्ला इन्चार्ज युवराज राइलाई  नियन्त्रणमा लिन  सशस्त्र  र  नेपाल प्रहरीकाे संयुक्त प्रहरी टोलीले  फायरिङ गरेपछि दाेहाेराे गाेली हानाहान भएकाे संखुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी माेहनमणि घिमिरेले जानकारी दिए ।

घटना दिउसाे साढे तीन बजे चैनपुर नगरपालिका ४ मैदानेमा भएकाे थियाे । ‘संखुवासभाका जिल्ला इन्चार्ज युवराज राई आएको सूचना पाएर खाँदबारीबाट सशस्त्र र नेपाल प्रहरी गएको थियो,’ साहयक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने–‘ नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेपछि ४/५ जनाको समूहमा रहेका विप्लव समूहका कार्यकर्ताले हवाई फायर गर्दै जंगलतिर भागे ।’

यता विप्लव समूहले प्रहरीकाे घेरा ताेडेर भाग्ने क्रममा फायरिङ गरेकाे जनाएकाे छ ।  घिमिरेका अनुसार विप्लव समूहले ७ राउण्ड र  प्रहरीले करिब २० राउण्ड फायर गरेकाे थियाे ।  गएकाे  मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए । उनिहरूकाे खाेजी कार्य तिब्र पारिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे