स्ववियु निर्वाचन : ऐरावती क्याम्पस लालमटियामा ७२५ मतदाता मध्ये ४८५ मत खस्यो



स्ववियु निर्वाचन : ऐरावती क्याम्पस लालमटियामा ७२५ मतदाता मध्ये ४८५ मत खस्यो

भालुवाङ ५ चैत । दाङको राप्ती गाउँपालिकामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि भएको मतदानमा कुल ४ सय ८५ मत खसेको छ ।

कुल ७ सय २५ मतदाता रहेको क्याम्पसमा बेलुका ४ बजे सम्म कुल ४ सय ८५ मत खसेको निर्वाचन समितिका संयोजक आनन्द लामिछानेले जानकारी दिएका छन् । खसेको कुल मत मध्ये छात्र तर्फ १२३ र छात्रा तर्फ ३६२ मत गरि कुल ६६.८९ प्रतिशत मत खसेको निर्वाचन संयोजक लामिछानेले बताए । विहान ८ बजे देखि भएको मतदान शान्तिपूर्ण वातावरणमा भएको र कुनै पनि प्रकारको अप्रिय घटना नभएको क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले जानकारी दिए । मतदानको कार्यसकिए सँगै बेलुका ५:३० देखि ६ बजेको बिचमा बैठक बसी मतगणनाको काम सुरू हुने क्याम्पस प्रमुख ज्ञवालीले बताए ।

सभापति पदका लागि ३ जना चुनावी मैदानमा छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सभापतिका लागि अनिल सुनार, नेपाल विद्यार्थी संघबाट प्रकाश पुन र अखिल क्रान्तिकारी र अखिल छैंठौ बीचको गठबन्धनबाट अखिल क्रान्तिकारीका विनोद कुमार सोनी चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै अनेरास्ववियुबाट सचिवमा प्रकाश जेठारा, कोषाध्यक्षमा निमराज गौतम चुनावी मैदानमा छन् । त्यस्तै सदस्य पदका लागि शिवराम कंडेल, बबी कुमारी चौधरी मनिषा खड्का, सविन शर्मा र जालुमाया सुनार चुनावी मैदानमा छन् ।

त्यस्तै नेपाल विद्यार्थी संघबाट सचिवमा भुवन भट्टराई, कोषाध्यक्षमा निसम पोख्रेल चुनावी मैदानमा छन् । त्यस्तै सदस्य पदका लागि सुनसरी चौधरी, तारा कुमारी पुन, भोजराज पोख्रेल, लक्ष्मण चौधरी र सुवासना मल्ल चुनावी मैदानमा छन् । भने अखिल क्रान्तिकारी र अखिल छैंठौ बीचको गठबन्धनबाट सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा मन्दिप पोख्रेल पनि चुनावी मैदानमा छन् । त्यस्तै सदस्य पदका लागि अनिल चौधरी, मणिप्रसाद पौडेल, भुपिन्द्र परियार, सौरभ पोख्रेल र रविना कँवुर चुनावी मैदानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे