सिसहनियाँ उवासंघले भित्तेपात्राे बिमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

देउखुरी ५ चैत । दाङ-देउखुरीकाे सिसहनियाँ उद्योग बाणिज्य सिसहनियाँकाे तेस्राे नियमित बैठक आज मंगलबार संघकाे कार्यालय सिसहनियाँमा सम्पन्न भएकाे छ । संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीकाे अध्यक्षतामा भएकाे बैठकले विभिन्न प्रस्ताब माथि छलफल गर्दै सम्पन्न भएकाे छ ।
बैठकले यही चैत महिना भित्र संघले प्रकाशन गर्न थालेकाे भित्तेपात्राे बिमाेचन तथा नयाँ बर्ष २०८२ काे उपलब्धमा बृहत् शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने निर्णय गरेकाे छ । उक्त कार्यक्रमका लागि केही दिनपछि पुन बैठकबसी थप तयारी गर्ने बताइएकाे छ । साथै बैठकले मनाेनित कार्य समिती सदस्य मनाेज चाैधरीलाई टीका र खादा लगाएर स्वागत समेत गरिएकाे छ । मनाेजलाई संघकाे दाेस्राे बैठकले कार्य समिती सदस्यमा मनाेनित गरेकाे थियाे ।
बैठकमा संघका निर्वतमान अध्यक्ष पूर्णबहादुर बुढाथाेकी, बरिष्ठ उपाध्यक्ष मदन पाेख्रेल, उद्योग उपाध्यक्ष भागवत ज्ञवाली, बाणिज्य उपाध्यक्ष भिमबहादुर चाैधरी, सचिव रामलाल पाण्डे, काेषाध्यक्ष गिरबहादुर ज्ञवाली र सह-काेषाध्यक्ष सनिप ज्ञवालीकाे उपस्थिति रहेकाे थियाे । त्यस्तै बैठकमा संघका कार्य समिती सदस्यहरू रामबहादुर चाैधरी, जीवन अधिकारी, बसन्ता जिसी, गाेबिन्दबहादुर कँवरक्षेत्री, गिता चाैधरी, तिर्थराज ज्ञवाली, शान्ता सुवेदी र नारायण चाैधरीकाे समेत उपस्थिति रहेकाे थियाे । बैठककाे सहजीकरण संघका महासचिव प्रशान्त बसेलले गर्नु भएकाे थियाे ।