राप्ती गाउँपालिकाको आज नवौं स्थापना दिवस : अध्यक्ष विष्टद्धारा शुभकामना व्यक्त



राप्ती गाउँपालिकाको आज नवौं स्थापना दिवस : अध्यक्ष विष्टद्धारा शुभकामना व्यक्त

भालुवाङ २९ फागुन । दाङको राप्ती गाउँपालिकाले आजे विषेश समारोहको आयोजना गरि नवौँ स्थापना दिवस भव्य रूपले मनाउन लागेको छ ।

विहान ११ बजे देखि सुरु हुने समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको राप्ती गाउँपालिकाका अध्यक्ष अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । उत्कृष्ट सामुदायिक विद्यालय, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट कृषि सहकारी संस्था तथा समूह, पालिकाबाट सीप विकास तालिम लिएर उद्यम गरेका उत्कृष्ट उद्यमी, सबैभन्दा बढी व्यवसाय कर तिर्ने व्यवसायी तथा समाजमा उल्लेखनीय योगदान दिएका दिवंगत व्यक्तित्वहरूलाई मरणोपरान्त सम्मान कार्यक्रम तय गरिएको अध्यक्ष प्रकाश विष्टले बताए । त्यस्तै दिवसमा उत्कृष्ट खोज पत्रकारिता गर्ने पत्रकारहरु, कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तयार गरिएको छ ।

यसै बीच दिवसका अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सम्पुर्ण राप्ती गाउँपालिकाबासीहरुमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिएका हुन् । आजको यो ऐतिहासिक दिन हामी सबै राप्तीवासीका लागि गौरवको क्षण हो । समृद्ध राप्ती निर्माणको यात्रामा प्रत्येक नागरिक, किसान, श्रमिक, शिक्षक, व्यवसायी, स्वास्थ्यकर्मी, विद्यार्थी, बुद्धिजीवी, राजनीतिकर्मी, तथा समाजसेवीहरूको योगदान अतुलनीय छ । उनले लेखेको शुभकामना सन्देशमा उललेख छ । स्थानीय सरकारको रूपमा हामी विकास, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, उद्यमशीलता, सामाजिक न्याय, र समृद्धिको दिशामा निरन्तर क्रियाशील छौं । यो अवसरमा, सबै क्षेत्रका महानुभावहरूसँग सहकार्य गर्दै राप्तीलाई समुन्नत, आत्मनिर्भर, र अवसरले भरिपूर्ण पालिका बनाउन हामी प्रतिबद्ध उनले बताएका छन् ।

यस ऐतिहासिक अवसरमा सम्पूर्ण राप्तीवासीमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि, र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु। हामी सबैको एकता, मेहनत, र दूरदृष्टिले मात्र हाम्रो सपना साकार हुने अध्यक्ष विष्टको शुभकामना सन्देशमा उल्लेख छ । दिवसका अवसरमा यस अघि पालिकाले फागुन २७ गते पालिकाको ९ वटै वडामा वृहत् सरसफाइ कार्यक्रम, २८ गते साइकल दौड तथा वृक्षारोपण र बेलुका पालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुमा बेलुका दिप प्रज्वलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे