राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान



राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाण्डौ १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो चार बजेका लागि बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे