देउखुरी व्यापी वक्तृत्वकला प्रतियोगितामा मावि फल्कापुरकी तमन्ना पौडेल प्रथम



देउखुरी व्यापी वक्तृत्वकला प्रतियोगितामा मावि फल्कापुरकी तमन्ना पौडेल प्रथम

देउखुरी २४ फागुन । देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय फल्कापुरकी छात्रा तमन्ना पौडेल प्रथम भएकी छिन् ।

सुर्यविनायक माध्यमिक विद्यालय लमही नगरपालिका १ नर्तीमा गठित सस्टेनेवल डेभलपमेन्ट गोल विद्यार्थी क्लवले शुक्रबार आफ्नै विद्यालय सुर्यविनायक माध्यमिक विद्यालय नर्तीमा आयोजनामा दिगो विकास लक्ष्य सँग सम्बन्धित नमुना कार्यक्रम अन्तरगत दिगो विकासका लागि विश्वव्यापी लक्ष्य र नेपालको लक्ष्य तथा हाल सम्मको कार्यान्वयनको अवस्था विषयक देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता पाैडेल प्रथम भएकी हुन् ।

त्यस्तै प्रतियोगितामा सरस्वती मावि गोवरडिहाकी छात्रा ज्ञानमति यादव द्वितीय, सुर्यविनायक मावि नर्तीकी छात्रा अनिता परियार तृतीय र आदर्श नमुना माध्यमिक विद्यालय देउपुरकी छात्र ज्ञहेन्द्र यादवले सान्त्वना हासिल गरेका छन् । विजेताहरूलाई क्रमश ५ हजार, ३ हजार, २ हजार १ हजार नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो । क्लवका अध्यक्ष एन्जिल पोख्रेलको अध्यक्षता एवम् लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पस लमहीका क्याम्पस प्रमुख शिव वली, सत्य मावि ददेरी प्युठानका प्रधानाध्यापक नारायण प्रसाद पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षक हरिप्रसाद रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे