स्ववियु निर्वाचन : ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा ६ विद्यार्थी संगठन दर्ता

भालुवाङ २१ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दाङ देउखुरीको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा ६ वटा विद्यार्थी संगठन दर्ता भएका छन् ।
आउँदो चैत ५ गते हुने चुनावमा सहभागी हुन राप्ती गाउँपालिकाका ६ विद्यार्थी संगठन दर्ता भएका हुन् । बुधबार सो क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन दर्ता भएकाे निर्वाचन अधिकृत उपप्राध्यापक आनन्द कुमार लामिछाले बताएका छन् । निर्वाचनमा भाग लिन एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा बहुमत निकट अखिल क्रान्तिकारी बहुमत, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, कांग्रेस निकट नेपाल विद्यार्थी संघ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठाै) त्यस्तै नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल विद्यार्थी युनियन समाजवादी दर्ता भएकाे निर्वाचन अधिकृत लामिछानेले जानकारी दिएका छन् ।
निर्वाचन अधिकृत लामिछानेका अनुसार स्ववियु निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताए। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन निर्वाचन समितिले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ। निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा विद्यार्थी दर्ता हुनुपर्ने व्यवस्था छ। स्ववियु निर्वाचन कार्यतालिका अनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुने छ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मनोनयनपत्र नामावली दाखिला सोही दिने हुने छ। उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजे सम्मको समय कायम गरिएको छ। २६ गते मनोनयपत्र वितरण गर्ने समितिले जनाएको छ। चैत्र ५ गते बिहान ८ देखि ४ बजे सम्म मतदान समय तोकिएको छ। फागुन २२ गते मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ।
आंगीक बाहेक सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्न सक्ने छन्। निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ। २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिन लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो। क्याम्पसहरूले निर्वाचन समिति गठन गरेर केन्द्रीय कार्यतालिका कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको छ।