मुक्त कमैया समाज दाङद्धारा देउखुरीकाे लमही, गढवा र राप्तीलाई बुझायो १३ बुँदे ज्ञापन—पत्र

देउखुरी २१ फागुन । मुक्त कमैया समाज जिल्ला र पालिका समितिको अगुवाईमा १३ बुँदे माग सहितको ज्ञापन—पत्र लमही नगरपालिका, गढवा गाँउपालिका र राप्ती गाउँपालिकामा बुझाएको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको हक अधिकार सम्बन्धी श्रम डेस्क सञ्चालन कार्यविधि, मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०८१ निर्माण गर्न माग सहितको ज्ञापन—पत्र दाङ-देउखुरीकाे लमही नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी योगी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल र राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीलाई उक्त्त बुझाईएको हो ।
२०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषण गरे पनि अझै मुक्त कमैया भुमि सम्वन्धि समस्या, श्रम, ज्याला लगाएतका विभिन्न समस्या रहेकाले कार्यविधि निर्माण गरि सम्पुर्ण समस्या सम्बोधन गर्न मुक्त कमैया समाजले १३ बुदे माग सहितको ज्ञापन—पत्र बुझाएको हो ।
मुक्त कमैया समाज दाङ जिल्लाले मुक्त कमैया परिवारलाई स्वतन्त्रपूर्वक जीवन जिउन सक्ने गरी नगरपालिका स्तरिय पुन स्थापर्नाको लागि निति तथा कार्यक्रममा राखी एकीकृत प्याकेज निर्माण, काम ज्याला, समानता, स्वतन्त्रता सहित शिक्षा, स्वास्थ्य रोजगारी, सामाजिक सुरक्षा सहितको दिगो, जीविकोपार्जन शुनिश्चित गर्न समाजले माग गरेको छ । अनौपाचारिक श्रमशक्ति र श्रम बजार सम्वन्धि अध्ययन, अनुसन्धान, तथ्यांक, अद्ययवधिक, विश्लेशण र श्रमशक्ति सम्वन्धि कार्य योजना निर्माण गर्नुपर्ने जनाएको छ ।
सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्वन्धि पालिका स्तरिय नीति, कानुन, मापदण्ड र नियमन सम्वन्धि कार्यविधि निर्माण, न्युनतम पारिश्रमिक निर्धारण, श्रमिकहरुको सामाजिक सुरक्षाको सन्दर्भमा व्यावसायजन्य स्वरोजगार सेवा सम्वन्धि आवश्यक कार्य गर्न ज्ञापन-पत्रमा उल्लेख गरिएको छ । मुक्त कमैया र युवाहरुलाई सिप विकास तालिम, नेतृत्व विकास तालिमको व्यवस्था गर्नुपर्ने, श्रमिक विमा, समयमा ज्याला, सामाजिक सुरक्षा कोषमा अबद्धताको लागि पहल, श्रमिक साहायता कक्षको प्रावधान गरिनु पर्ने ज्ञापन-पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराई स्थानीय सरकारमा उनीहरुको दर्ता गरी स्थानीय सरकारले अगुवाई गर्नुपर्ने, स्थानिय सरकारले श्रम ऐन, निर्देशिका तथा कार्यविधि बनाई अनुगमन, महिला श्रमिकहरुको लागि स्वारोजगारी श्रृजना, मागमा आधारित आवश्यक सिपको लागि तालिमको व्यावस्थपन तथा श्रमिकमैत्री नीति तथा कार्यक्रम बनाई लगानी गर्नुपर्ने माग सहितको ज्ञपान-पत्र बुझाएको मुक्त कमैया समाज जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिए ।
मुक्त कमैयाहरुको माग योजना र कार्यविधिको मस्यौदा बुझदै गाँउपालिका अध्यक्ष पोखरेलले मुक्त कमैयाहरुको अभियानमा विगत वर्षदेखि आफ पनि सारिक भएको र मुक्त कमैयाहरुको पिडा आफुले नजिकबाट बुझेकोले माग प्रती आफु सकारात्मक रहेको बताए । उहाँले मुक्त कमैयाहरुको समस्या समाधानको लागि आफु लागि परेको समेत दावी गरे । मुक्त कमैया पुनर्स्थापना कार्यविधिको सन्दर्भमा कार्यपािलकाको बैठकमा छलफल चलाएर प्रकृया अगाडी बढाउने भनि प्रतिबद्धता गरे ।
अनौपचारिक क्षेत्रको सन्दर्भमा काम गर्ने श्रमिकहरुको विषयमा सामाजिक सुरक्षा कोषमा अवद्ध गराउनको लागि आफु प्रयसरत रहेको र संघियतहमा पनि छलफल अगाडी बढाएर श्रमिकहरुलाई समाजिक सुरक्षा कोषमा अबद्ध गराउने योजना रहेको जानकारी गराएका थिए । लमही नगर उपप्रमुख योगीले मुक्त कमैयाहरुको माग जायज रहेको र यसमा स्थानिय सरकारको ध्यान पुग्न आवश्यक रहेको भनि जानकारी गराए ।
लमही नगरपालिकामा पनि मुक्त कमैयाहरु अंशिक रुपमा छट भए पनि पालिकामा वस्ताविक तथ्यांक नरहेकोले काम गर्न समस्या रहेको बताए । मुक्त कमैयाहरुको अगुवाईमा बुझाएको कार्यविधिको मस्यौदामा नगरपालिका प्रमुख संग छलफल गरी कार्यपालिकामा पेश गरी छलफल गर्ने प्रतिबद्धता गरिन् । मुक्त कमैया समाज दा जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अगुवाईमा माग योजना तथा कार्यविधि मस्यौदा बुझाईको कमैया महिला जागरण समाज नेपालका परियोजना अधिकृत राजेन्द्रप्रसाद थारुले जानकारी दिए ।