सञ्चार ऐन र पत्रकारिता बलियाे भए मात्र जवाफदेही पत्रकारिता हुन्छ : अध्यक्ष बस्नेत



सञ्चार ऐन र पत्रकारिता बलियाे भए मात्र जवाफदेही पत्रकारिता हुन्छ : अध्यक्ष बस्नेत

भालुवाङ १७ फागुन । प्रेस चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सामाजिक सन्जाल विधेयक नेपाली पत्रकारितालाई बलियो बनाउन ल्याईएकाले त्यसकाे वास्तविकता बझाउन आग्रह गरेका छन् ।

प्रेस चाैतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका(देउखुरी)मा  शनिबार सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले प्रेस स्वतन्त्रताको पक्षमा सधैं वकालत गरेकाले प्रेस चाैतारीले त्यसमा कुनै सम्झाैता नगर्ने बताउँदै अब विकास र समृद्धिकाे अभियानमा जुट्न सबैलाई आग्रह गरे । “सामाजिक सन्जालमा एमालेमा प्रतिवद्व साथीहरूले वास्तविकता लेख्न र बाेल्न सक्दैनन् त्याे बेलासम्म अहिलेका अराजकताहरू कम हुँदैनन्”उनले भने” गलत अभियान चलाउने, गलत सन्देश दिनेहरूविरूद्व एमालेजन निदाउँछन् त्याे बेलासम्म कुण्ठा र निराशाकाे खेती गर्नेहरूकाे मनाेबल अझै बढ्नेछ ।” पत्रकारितालाई स्थापित गराउने जिम्मेवारी प्रेस चाैतारीले थालनी गरेकाे र त्यसलाई निरन्तरता दिने बताए । उनले पार्टीका नेताकाे नाम जाेडेर गुटउपगुट बनाउने छुट कसैलाई नभएको जनाए । उनलेे एमालेमा कुनै व्यक्तिको समूह नभएकोले नेताकाे नाम जाेडेर अगाडि नबढ्न आग्रह गरे । अध्यक्ष बस्न्नेतले भने “गलत कामकाे विराेध गर्ने हाे तर नियमनकाे कानुन बनाउँदा पनि किन विराेध हुँदैछ, याे त सबैले स्वागत गर्नुपर्ने छ, सबैले राम्रोसँग पढ्न जरुरत छ” उनले  भने ।

कार्यक्रममा बाेल्दै नेकपा एमालेका पाेलिटब्यूराे सदस्य, चौतारीका इञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारले अघि बढाएकाे सामाजिक सन्जालले पत्रकारितामा बढेका विकृतिको कमी आउने जनाए । नेता गाैतमले सरकारले अहिले गरेका सकारात्मक अभियानबाट निराशा र कुण्ठित राजनीति गर्नेहरू अत्तालिएकाे बताउँदै याे विषयमा प्रेस चाैतारीका सबै सदस्यले वास्तविकता बाहिर ल्याउन आग्रह गरे । उनले ०८४ काे निर्वाचन डिजिटल वारजस्तै हुने भएकोले तयारीमा बस्न सबैलाई आग्रह गरे । यस्तै अधिवेशनकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकारले स्थापना कालदेखि नै पत्रकारिता सशक्तिकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे । `पत्रकारिता क्षेत्रको सशक्तिकरण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालाहरूसँग छलफल गरेरै अघि बढ्दै आएको छ,´ मुख्यमन्त्री आचार्यले भने,`अहिले रोकिएको विषयप्रति म जानकार छु । पत्रकारिता क्षेत्रका सरोकारवालाहरूसँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौं ।´ उनले पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कानुनी संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिवद्धता जनाए ।`प्रदेश सरकारले राम्रा कामको थालनी गरेकाे छ । पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौं,´ उनले थपे,`पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छाैं ।´

त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे।`सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ। अराजकता फैलाउने छुट कसैलाई छैन,´ उनले भने,`पत्रकारिता क्षेत्रमै विकृति र विसंगति देखिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षको ध्यान जान आवश्यक छ ।´ कार्यक्रममा एमाले प्रदेश अध्यक्ष तथा प्रेस चाैतारी लुम्बिनी इन्चार्ज  माेहन चापागाईं, प्रेस चाैतारीका पूर्वअध्यक्ष डाक्टर बालकृष्ण चापागाईं, एमाले लुम्बिनी सचिव लक्ष्मण आचार्य, प्रेस चाैतारीका उपाध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, प्रेस चाैतारी केन्द्रीय सचिव विष्णु तारूके र नेपाल पत्रकार महासंघ लुम्बिनी अध्यक्ष शुक्रऋषि चाैलागाई लगायतले सम्बाेधन गरेका थिए। प्रेस चाैतारी लुम्बिनी प्रदेशकाल अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएकाे कार्यक्रममा संगठनमा उपाध्यक्ष दशरथ घिमिरेले स्वागत गरेका थिए । कार्यक्रमकाे सञ्चालन चाैतारी लुम्बिनीका महासचिव निरू गाैतमले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे