शिवसवरी धाम पहरुवामा आयोजित नृत्य प्रतियोगितामा लिटिल एन्जल्स स्कुल प्रथम

सिसहनियाँ १५ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका–५ पहरुवामा आयोजित नृत्य प्रतियोगितामा लिटिल एन्जल्स स्कुल भालुवाङ प्रथम भएको छ ।
शिवसवरी धाम धार्मिक केन्द्रले बुधवार आयोजना गरेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य प्रतियोगितामा सो स्कुलले प्रथम स्थान हासिल गरेको हो । त्यस्तै सिरिन भ्याली पव्लिक स्कुल मौरीघाट द्धितीय र नवप्रगतिशील युवा क्लव कठाहाले तृतीय स्थान हासिल गरेको छ । विजेताहरुलाई क्रमश ६ हजार, ५ हजार र ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
मेला सञ्चालन समितिका संयोजक मिश्रुलाल चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद अधिकारी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए । मेलाका सांस्कृतिक कार्यक्रम संयोजक राजेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक सन्तोष कुमार गुप्ताले गरेका थिए ।