सार्वजनिक पद धारण गरेका व्यक्तिलाई मिडियाले जवाफदेही बनाउँछ : मन्त्री तिमिल्सिना 



सार्वजनिक पद धारण गरेका व्यक्तिलाई मिडियाले जवाफदेही बनाउँछ : मन्त्री तिमिल्सिना 

भालवाङ १२ फागुन । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई जवाफदेही बनाउन मिडिया क्षेत्रकाे भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् ।

बागेश्वरी असलशासन क्लव(बास) नेपालकाे आयाेजनामा साेमवार भालुवाङमा भएको सूचना प्रवाह तथा सञ्चार संलग्नताकाे प्रभावकारीताकाे समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले सार्वजनिक निकाय र व्यक्तिलाई जवाफदेही बनाउन मिडिया परिचालनमा सरकारले पनि प्राथमिकतामा राख्ने बताएका हुन् । `मिडिया र सरकार एकआपसमा जाेडिनुपर्छ । सरकारलाई जवाफदेही बनाउन मिडियाले स्वतन्त्र ढंगबाट तथ्यमा आधारित भएर खबरदारी गर्न जरुरी छ´उनले भने-`प्रदेश सरकारले सुशासन कायम गर्न थालेकाे अभियानमा मिडिया क्षेत्रकाे साथ सहयाेग आवश्यक छ ।´ यस्तै मन्त्री तिमिल्सिनाले समाज रुपान्तरणका लागि सरकारकाे एक्लाे प्रयासले मात्रै सम्भव नरहेकाे, त्यसमा नागरिकहरुकाे समेत साथ सहयाेगले सम्भव रहेकाे बताए ।

सामाजिक क्षेत्रकाे विकास र सुदृढीकरणका लागि ऐन, नियम बनाउने कामलाई प्राथमिकतामा राखिएको बताए ।`दलित अधिकार ऐन बनाउने काम अघि बढेकाे छ । बढघरलाइ कानूनी मान्यता दिनेगरी पनि काम अघि बढेकाे छ´उनले भने-`शिक्षा क्षेत्रमा गुणस्तरीय कायम गर्न मेराे विद्यालय मेराे दायित्व अभियान थालेका छाैं ।´ द एसिया फाउन्डेसनकाे सहयाेगमा लुम्बिनी प्रदेशमा चार महिनाकाे अवधि सम्म संचार पहुँच र संलग्नता कार्यक्रम सञ्चालन भएको थियाे । याे अवधिमा प्रदेश सरकारले गरेका कामहरु र सुधारका क्षेत्रमा आधारित कामलाई आम सञ्चारका माध्यममा प्रकाशन तथा प्रशारण गरिएको थियाे । प्रदेश सरकारकाे कामलाई मिडिया मैत्री बनाउनुपर्ने, सञ्चार ऐनकाे कार्यान्वयन र सञ्चार समन्वय परिषद्लाई कार्यान्वयनमा लैजानुपर्ने, नियमित पत्रकार सम्मेलन जस्ता क्रियाकलापलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ ।

बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीकाे अध्यक्षता तथा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव रेखा कँडेल, बरिष्ठ पत्रकार झलक गैरे, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव माेहन अर्याल, प्रेस संयाेजक दशरथ घिमिरे लगायतका वक्ताहरुले धारणा राखेका थिए । बास नेपालका कार्यक्रम संयाेजक मन भण्डारीले परियाेजनाबाट गरिएका काम, उपलब्धि, सिकाइ र सुझावमा आधारित प्रस्तुति राखेका थिए । बास नेपालका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे