राप्ती गाउँपालिका र राप्ती प्रेस मञ्चद्वारा प्रमुख प्रशासकीय अधिकृत वलीकाे बिदाई
भालुवाङ १२ फागुन । दाङको राप्ती गाउँपालिका र राप्ती प्रेस मञ्चले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीलाई साेमबार एक कार्यक्रमकाे आयोजना गरि बधाइ, बिदाई तथा फेरि भेटाैंला कार्यक्रम गरेकोे छ ।
नेपाल सरकारको उपसचिवमा बढुवा भई जान लाग्नु भएका वलीलाई गाउँपालिका र प्रेस मञ्चले बधाई तथा फेरि भेटाैला कार्यक्रम गरेको हो । करिब अढाई वर्ष बढी पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहेका वलीकाे पालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु र कर्मचारीहरूले टीका, फूलमाला तथा सम्मानपत्र प्रदान गरि बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रमुख प्रशासकीय अधिकृतको रुपमा वलीको योगदान प्रशंसनीय रहेको बताए । उनले गाउँपालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा वलीको योगदान अतुलनीय रहेको बताए । आफ्नो कार्यकालको झण्डै आधा समय प्रमुख प्रशासकीय अधिकृतको पदमा वली रहेको भन्दै उनले गाउँपालिकाको विकासका सबै सन्दर्भमा वलीले सधैं सकारात्मक ढंगले साथ दिएको बताए । वलीको नेतृत्वमा प्रशासनिक सुधार, नीति कार्यान्वयन तथा सेवा प्रवाहमा आएको परिवर्तनप्रति धन्यवाद व्यक्त गरे।
त्यस्तै उपाध्यक्ष कमलापती चौधरीले वलीको समर्पण र इमानदारिताको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिन्। त्यस्तै उनले हरेक कार्यालयमा वली जस्तो कर्तव्यबोध, ईमान्दार र लगनशील कर्मचारीकाे आवश्कता रहेकाे कुरा समेत औल्याइन्।
प्रमुख प्रशासकीय अधिकृत वलीले आफ्नो कार्यकालभरि जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै राप्ती गाउँपालिकामा काम गर्ने अवसर पाउँदा गौरवान्वित भएको बताइन्। बढुवा भई गए पनि राप्ती गाउँपालिका सँगको सम्बन्ध सँधै कायम रहने प्रतिबद्धता व्यक्त गर्दै, उनले आगामी दिनमा समेत विभिन्न माध्यमबाट सहकार्यको अपेक्षा राखिन्। कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूले सहभागीता रहेको थियो ।
यता मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वलीले राप्तीका पत्रकार सँग सहकार्य फलदायी रहेको बताए । उनले आफ्नो कार्यक्रममा मिडिया र सञ्चारकर्मीहरूबाट राम्रो साथ र सहयोग पाएको बताए । त्यस्तै उनले हाम्रा काममा मिडियाको खवरदारीले सुध्रिने अवसर मिलेको समेत बताए । भने सञ्चारकर्मीहरू वलीको कार्यकाल सफलताको कामना सहित बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा मञ्चका प्रमुख संरक्षक महेश रिजाल, वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष बासुदेव न्याैपाने, महासचिव ओमप्रकाश गुप्ता, साधारण सदस्यहरू मुक्तिराम पाैडेल, लक्ष्मी पोख्रेल, मोतीराम भट्टराई, विदुर एमसी, लालमणी भुसाल लगायतको उपस्थिति रहेको थियो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

