देउखुरीको मसुरीयामा मोटरसाइकलको ठक्करबाट घाइते चाैधरीको उपचारका क्रममा मृत्यु
भालुवाङ ११ फागुन । दाङ देउखुरीकाे मसुरियामा माेटरसाईकलकाे ठक्करबाट घाइते भएका एक बृद्धाको उपचारका क्रममा मृत्यु भएकाे छ ।
राप्ती गाउँपालिका-३ मसुरीया निवासी ६५ वर्षिय कहलु चाैधरीको आज विहान बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारका क्रममा विहान ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीले जानकारी दिएका छन् ।
गत बिहीबार लमहीबाट भालुवाङ तर्फबाट जाँदै गरेकाे रा ६ प ३८९७ नम्बरको माेटरसाइकलले राप्ती गाउँपालिका-३, मसुरियामा ठक्कर दिएको थियो । घाइते चौधरीको हातखुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्

